बुटवल । लियो क्लव अफ बुटवल मेट्रोसिटीले रुपन्देही नेत्रहिन संघमा खीर खाने कार्यक्रम सम्पन्न गरेको छ। बुटवल तामनगरस्थित नेत्रहिन संघमा उक्त कार्यक्रम सम्पन्न भएको हो ।
कार्यक्रममा लियो क्लव अफ बुटवल मेट्रोसिटीका संस्थापक अध्यक्ष मनोज गौतमसहित क्लबका पदाधिकारी र रुपन्देही नेत्रहिन संघका कोषाध्यक्ष ओम बहादुर सिंह लगायतको उपस्थिति रहेको थियो ।
क्लवका अध्यक्ष सन्जिब सुनार अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा स्वागत मन्तब्य कार्यक्रम संयोजक लियो अफरोज अलि खान र सन्चालन उपाध्यक्ष लियो पुनम कुवंर क्षेत्रीले गरेका थिए ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology