काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा थुनामा रहेका पूर्व गृहमन्त्री बालकृष्ण खाण र बहालवाला सांसद टोपबहादुर रायमाझीसहितका प्रतिवादीहरू उच्च अदालत पुगेका छन् ।
आफूहरूलाई थुनामा राख्ने जिल्ला अदालतको आदेशविरुद्ध नेता खाँण र रायमाझीलगायत आरोपितहरू उच्च अदालत पुगेका हुन् ।
जिल्ला अदालतले अन्यायपूर्ण तरिकाले पुर्पक्षका लागि कारागार पठाएको उनीहरूको दाबी छ ।
भुटानी शरणार्थी नेता टेकनाथ रिजालले पनि पुनरावेदन गरेका छन्।
उच्च अदालत पाटनकी प्रवक्ता मन्दिरा शाहीका अनुसार रायमाझीको हकमा शुक्रवार र खाँणको हकमा आइतवार मिसिल आदेश सहितको कैफियत निवेदन झिकाउने आदेश भइसकेको छ ।
यसअघि काठमाडौं जिल्ला अदालतले १६ जना प्रतिवादीलाई पुर्पक्षका लागि कारागार चलान गर्ने आदेश गरेको थियो ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology