कृष्ण अन्जान, गुल्मी । रुरुक्षेत्र गाउँपालिका वडा न १ काे च्यूरेक क्षेत्र बाँदर र ढेँडुवाले अत्यधिक दु:ख दिने क्षेत्र हाे । यहाँको स्यालपाेखरी, नेटाईपाेखरी, ठुलापाेखरा र झ्वाँले क्षेत्र र तल्लो च्यूरेककाेबुढाआँप ,जिमिरखर्क, डिहिडाँडा र ठाडाबाटा क्षेत्रमा ढेँडुवा बाँदरको बाह्रमासै बास हुने गरेकाे छ र पछिल्लो चरणमामध्य च्यूरेककाे बिसौना,खनिडाँडा, जमदारटाेल र अम्लपाटा, भँडारथुम क्षेत्रका वासिन्दाहरुलाई बाँदरले दुख दिन थालेकाे छ ।
मुख्यरुपमा पहार तर्फकाे जँगल र नजिकै रहेकाे झ्वाँलेपाखाे सामुदायिक वन क्षेत्र सँग जाेडिएकाे उपल्लो च्यूरेकमा ढेँडुवा बाँदर सजिलै गाउँमा पस्छ भने तल्लो च्यूरेकमा रिडीकाे रातामाटा र विष्णुपन्जरका बाँदर तेर्सिएपछि तल्ला च्यूरेकमा जाने गरेकाे छ भने आहाराकाे खाेजिमा मध्य च्यूरेकमा पनि बाँदरले दुख दिन थालेकाे छ ।
च्यूरेक गाउँलाई जँगलले घेरेपनि जँगलीक्षेत्रमा बाँदर भुल्ने फलफुलका कुनै बाेटबिरुवा नहुँदा बाँदर ढेँडुवाकाे आक्रमणमा गाउँमा लगाईएकाे कृषि वालि पर्ने गरेकाे छ ।
बाँदर ढेँडुवाले दुख दिन थालेपछि स्थानीय वासिन्दाले जनप्रतिनिधि हरुलाई गुहार्न थालेका छन ।"के गर्ने समस्या छ एकपछि अर्काे फाेन बाँदर ढेँडुवाले दुख दिए लखेटनै सकिएन भनेर आउँछ आफुले सकिन्न लखेट्ने मान्छे पाइँदैन साह्रै समस्या पाे भयाे त" रुरुक्षेत्र १ का वडा सदस्य घनस्याम ज्ञवाली भन्छन ।
हुनपनि गाउँमा युवा छैनन घर बृद्धअबश्थाका बा आमा छन बाँदरले वाली खाएपनि हेरेर बस्नु बाहेक कुनै उपाय छैन गाउँमा । पछिल्लो चरणमा बाँदर यति अटेर बनेका छन कि मान्छेलाई पनि आक्रमण गरिहाल्छन । केही समय अगाडी बुढाआँप क्षेत्रमा रुरुक्षेत्र १ ठाडाबाटका खिम बहादुर क्षेत्रिले बाँदरले आक्रमणकाे प्रयास गरे एक्लै दुक्लैले लखेट्न सकिने कुरै भएन ।
रुरुक्षेत्र गाउँपालिका वडा न ३ मा बाँदर लखेट्ने हेरालाेकाे व्यवस्था गरेपछि अन्य वडामा पनि हेरालाेकाे व्यवस्था गर्न दवाव परेकाे छ ।
"गाउँमा मान्छे पाइँदन तैपनि हामीले हेरालाे राख्नका लागि पहल गर्दैछौँ" वडा सदस्य घनस्याम ज्ञवाली भन्छन ।
अझै रुरुधाममा तिनमुखे पुल बनेपछि स्याङ्जा पाल्पा तिरका बाँदर ढेँडुवा गुल्मी तिर र गुल्मी तिरका बाँदर ढेँडुवा उतातिर हुलका हुल आउन जान सजिलो भएपछि समुहका समूह बाँदर ढेँडुवाकाे झुण्ड रिडी च्युूरेक रातामाट थानपति भट्कुवा क्षेत्रमा कृषि वालिमा आक्रमण गरिरहेका छन ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology