Logo

२०८३, आश्विन ९गते


images
images

स्वास्थ्य

आँखा पाक्ने समस्या र बच्ने उपाय

आँखा पाक्ने समस्या र बच्ने उपाय

images
  • आँखा पाक्ने समस्या र बच्ने उपाय
    images
    images

    आँखा हाम्रो शरिरको महत्वपूर्ण र संवेदनशील अङ्ग हो । आँखामा विभिन्न खालका समस्याहरु देखा पर्न सक्छन् । आँखा पाक्ने रोगलाई अङ्ग्रेजीमा कन्जङ्टिभाइरस अथवा पिङ्क आई भनिन्छ । यो रोग लागेपछि आँखाको सेतो भागको बाहिरी तह र आँखाको ढकनीको भित्री भागमा पोलेको महशुस हुन्छ । मुख्यतया भाइरस र व्याक्टेरियाको समस्याले आँखा पाक्ने गर्छ ।

    images
    images
    images

    आँखामा समस्या देखिँदा आँखा फुस्रो वा रातो देखिनु, त्यस्तै आँखामा पीडा हुनुका साथै पोल्नु, चिलाएको वा केही बिझाएको महशुस हुन, आँखा पाक्ने रोग लागेको आँखामा धेरै आँसु आउने र बिहान उठ्ने बेलामा आँखाको ढकनी एकआपसमा टाँसिने हुन्छ । यो रोग लाग्दा आँखाको सेतो भाग सुन्निन पनि सक्छ । यदि आँखा पाक्ने रोगका साथमा एलर्जी भयो भने अझ धेरै चिलाउने हुन सक्छ । यसले एउटा मात्रै वा दुबै आँखामा असर पुर्याउन सक्छ ।

    images
    images
    images

    आँखामा भाइरस, ब्याक्टेरिया वा अन्य कारण धुँवा धुलो अथवा स्याम्पु, साबुन आदीले असर गर्दा यस कन्जङ्टिभाइरस सुन्नि पुग्छ र यसकारण आँखा पोल्छ र सुन्निन पुग्छ । र यसमा भएका निकै मसिना रक्तनली सुनिन्छ,फुल्छ र आँखा एकदमै रातो र पाकेको देखिन्छ । आँखा पाकेको मानिसलाई हेर्दैमा आफुलाई सर्दैन । यदि ब्याक्टेरिया वा भाइरसको कारणले कसैलाई आँखा पाक्ने भएको समस्या रहेछ र उसको हातले आँखामा छोएको रहेछ भने सोही हात राम्रोसँग नधोई अन्य तिर छोईदिँदा ब्याक्टेरिया वा भाइरस सबैतिर फैलिन्छ । त्यसपछि त्यस चिजमा छोएर आँखामा लाने सबैको आँखा पाक्ने समस्या हुन सक्छ ।

    images
    images
    images

    आँखा हेरेर लक्षणहरुको आधारमा मात्र पनि भाइरस, ब्याक्टेरिया वा एलर्जी कुन कारणले हो भन्ने अनुमान लगाउन सकिन्छ । उदाहरणका लागि यदी आँखा धेरै नै चिलाउँछ भने एलर्जीको कारण हुन सक्छ । प्रायः दुबै आँखा एकैपटक रातो हुन्छ । आँखा मुनी सुनिएको जस्तो कालो दाग जस्तो देखिन्छ । यदि आँखामा चिप्रा छ भने ब्याक्टेरिकाको कारण हुन सक्छ । ब्याक्टेरिकाको कारण हो भने कसैकसैमा पहिले एउटा मात्र आँखा रातो हुने र पछि ब्याक्टेरिया सरेर दुबै आँखा रातो हुन सक्छ । यदि पातलो तरल पदार्थ चुहिरहन्छ र हलुका चिलाउँछ भने भाइरसका कारण हुन सक्छ ।

     

          रोकथाम र उपचार

    –एलर्जीको कारण हो भने चिकित्सकको सल्लाहमा लगाउने र खाने औषधी प्रयोग गर्नुपर्छ ।

    –ब्याक्टेरियाकाे कारणले हो भने एन्टावाएटिक औषधी लगाउने गर्नुपर्छ ।

    –सबैभन्दा धेरै आँखा पाक्ने समस्या भाइरसको कारणले हुने गर्छ । र एक दुई वटा विशेष कम परिस्थितीमा बाहेक अधिकांश     केशमा भाइरसको कारणले हुनेलाई कुनै औषधी प्रयोग गर्नु पर्दैन ।

    –आँखा पाकेको व्यक्तिले वा रुघाखोकी लागेको व्यक्तिले आफ्नो सामान अरुसँग सेयर गर्नु हुँदैन ।

    –बारम्बार साबुन पानीले राम्रोसँग हात धुनुपर्छ । हात र औला आँखामा लैजानु हुँदैन ।

    –दिनहुँ नुहाउने, विरामीले दिनहुँ कपडा फेर्ने, सिरानी दिनहुँ फेर्ने गर्नुपर्छ ।

    –आँखा पाक्दा कन्ट्याक लेन्स लगाउनु हुँदैन । र हातले छुने सबै सामान नियमित सफा राख्नुपर्छ ।

    –आँखा निकै दुख्न थाल्यो र धेरै नै सुनिन थाल्यो भने तुरुन्त आँखाको डाक्टरलाई देखाउनुपर्छ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।