Logo

२०८३, आश्विन ९गते


images
images

ग्लोबल टी-२० लिगमा सन्दीपको उत्कृष्ट प्रदर्शन, सर्रे क्वालिफायरमा

ग्लोबल टी-२० लिगमा सन्दीपको उत्कृष्ट प्रदर्शन, सर्रे क्वालिफायरमा

images
  • ग्लोबल टी-२० लिगमा सन्दीपको उत्कृष्ट प्रदर्शन, सर्रे क्वालिफायरमा
    images
    images

    काठमाडाैं । नेपाली लेग स्पिनर सन्दीप लामिछानेसम्मिलित सर्रे जग्वार्स ग्लोबल टी–२० क्यानडाको क्वालिफायरमा प्रवेश गरेको छ।

    images
    images
    images

    गएराति सम्पन्न खेलमा मिसिसौगा प्यान्थर्सलाई ८ विकेटले हराउँदै जग्वार्स अंक तालिकाको शीर्ष स्थानमा रहँदै क्वालिफायरमा प्रवेश गरेको हो।

    images
    images
    images

    लिग चरणको अन्तिम खेलमा प्यान्थर्सले दिएको ५७ रनको झिनो लक्ष्य जग्वार्सले ९ ओभरमा २ विकेट गुमाएर पूरा गर्‍यो।

    images
    images
    images

    उसका लागि मोहम्मद हरिसले २३ बलमा ६ चौका र १ छक्कासहित अविजित ३७ रन बनाए। यस्तै, लिटन दासले १०, कप्तान इफ्तिखार अहमदले अविजित ७ र जतिन्दर सिंहले २ रन जोडे।

    प्यान्थर्सका लागि सेसिल परवेज र उस्मान कादिरले १/१ विकेट लिए। त्यसअघि ब्राम्पटनमा टस हारेर ब्याटिङको निम्तो पाएको पान्थर्स १४.३ ओभरमा ५६ रनमै अलआउट भयो। उसका लागि श्रेयस मोभाले १७ र निखिल दत्तले १० रन बनाए । बाँकी ब्याटरले भने दोहोरो अंकमा समेत रन जोड्न सकेनन्।

    प्यान्थर्सलाई सस्तैमा समेट्नेक्रममा सन्दीपले ४ ओभरमा मात्र ६ रन दिएर ३ विकेट लिए।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # ग्लोबल टी-२० लिग
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।