काठमाडौँ । नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्वकप्तान ज्ञानेन्द्र मल्लले अन्तर्राष्ट्रिय क्रिकेटबाट संन्यास लिने घोषणा गरेका छन्।
नेपालका सबै उमेर समूह र राष्ट्रिय टिम गरी १८ वर्ष क्रिकेट खेलेका ब्याटर ज्ञानेन्द्रले शुक्रबार काठमाडौँमा आयोजित कार्यक्रममा संन्यास लिने घोषणा गरेका हुन्।
२०७६ को कात्तिकमा उनी राष्ट्रिय टिमको कप्तान बनेका थिए।
१० वर्ष कप्तानी गरेका पारस खड्काले राजीनामा दिएपछि ज्ञानेन्द्रलाई नेपाल क्रिकेट सङ्घ (क्यान) ले कप्तान नियुक्त गरेको थियो। उनी पारस कप्तान रहँदा नेपाली टिमको उपकप्तानको भूमिकामा थिए।
तर उनलाई क्यानले २०७८ मंसिर २९ मा कप्तानबाट हटाएको थियो । उनले सन्यास घोषणाका क्रममा छोरी सम्झिएर भावुक भए।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology