Logo

२०८३, आश्विन १०गते


images
images

हामीलाई पुरानो प्रचण्ड हेर्न मन छ : सरल सहयात्री

हामीलाई पुरानो प्रचण्ड हेर्न मन छ : सरल सहयात्री

images
  • हामीलाई पुरानो प्रचण्ड हेर्न मन छ : सरल सहयात्री
    images
    images

    काठमाडौं । नेकपा माओवादी केन्द्रका नेता सरल सहयात्री पौडेलले पार्टी बैठकमा आलोचना गर्नेले फिल्डमा के गर्छ भनेर प्रश्न उठाएका छन्।

    images
    images
    images

    काठमाडौंमा जारी चौंथो केन्द्रीय कमिटीको चौंथो दिनको बैठकमा नेताहरु जिल्ला नगएको भन्ने केन्द्रीय सदस्यहरु प्रति लक्षित गर्दै पौडेलले यस्तो प्रश्न उठाएका हुन्।

    images
    images
    images

    पौडेल माओवादी केन्द्रका बागमती प्रदेश अध्यक्ष समेत हुन्। उनले अहिले माओवादी सफल कि अवशानको चुनौतिपूर्ण मोडमा रहेको बताए।

    images
    images
    images

    ‘आशा र सपना मरेपछि जागरण पनि मर्दो रहेछ,’ बैठकमा पौडेलले भने,‘अहिले हामी सफल र अवसानको चुनौतिपूर्ण मोडमा छौं।’

    बैठकमा पौडेलले अहिले पुरानो प्रचण्ड र प्रचण्डपथ जाग्नुपर्ने बेला भएको धारणा राखे। ‘हामीलाई पुरानो प्रचण्ड जागेको हेर्न मन छ,प्रचण्डपथ जागेको हेर्न मन छ,’ उनले भने।

    केन्द्रीय सदस्य पौडेलले विधान सम्मेलन वा महाधिवेशनबाहेक अरुबेला संसोधन हुन नसक्ने खालको विधान बनाउन पनि सुझाव दिएका छन्।

    पार्टी विधिमा चल्नुपर्ने बताउँदै उनले प्रधानमन्त्री निवास बालुवाटारमा पुगेर चाकडी गर्नेले बाहिर के गर्छ त्यो पनि हेरिनुपर्ने बताए।

    ‘बालुवाटार गएर चाकडी गर्नेले बाहिर के गर्छ,?बैठकमा आलोचना गर्नेले फिल्डमा के गर्छ त्यो पनि हेरिनु पर्छ,’ पौडेलले भने।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # सरल सहयात्री
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।