काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन साहले पीएचडीका लागि फेलोसिप पाएका छन् ।
शनिबार सामाजिक सञ्जालमा मेयर बालेन लेख्दै काठमाडौं विश्वविद्यालयले पीएचडीका लागि फेलोसिप दिएको जानकारी दिएका छन् ।
उनले पर्यटन र अर्थतन्त्र प्रवर्द्धन गर्न नेवा: सम्पदा संरचनाको संरक्षण विषयमा पीएचडी गर्न लागेका हुन् । उनले पठाएको प्रस्तावको समीक्षा गरेर काठमाडौं विश्वविद्यालयले फेलोसिप दिएको हो।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology