Logo

२०८३, आश्विन १२गते


images
images

चन्द्रमाको कक्षमा प्रवेश गर्यो भारतले पठाएको चन्द्रयान - ३

चन्द्रमाको कक्षमा प्रवेश गर्यो भारतले पठाएको चन्द्रयान - ३

images
  • चन्द्रमाको कक्षमा प्रवेश गर्यो भारतले पठाएको चन्द्रयान - ३
    images
    images

    एजेन्सी । भारतले प्रक्षेपण गरेको चन्द्रयान–३ सफलतापूर्वक चन्द्रमाको कक्षमा प्रवेश गरेको छ । भारतीय अन्तरिक्ष अनुसन्धान सङ्गठन (इसरो) का अनुसार चन्द्रयान–३ अन्तरिक्ष यानले चन्द्रमाको झण्डै दुई तिहाइ दूरी तय गरी हिजो सफलतापूर्वक चन्द्रमाको कक्षमा प्रवेश गरेको हो ।

    images
    images
    images

    इसरोले ट्विट गर्दै लेखेको छ ‘यो चन्द्रयान–३ हो । म चन्द्रमाको गुरुत्वाकर्षण महसुस गरिरहेको छु ।’ भारतले तेस्रो चन्द्र अन्वेषण अभियान चन्द्रयान–३ लाई गएको जुलाई १४ मा आन्ध्र प्रदेशको श्रीहरिकोटा सतीश धावन अन्तरिक्ष केन्द्रबाट सफलतापूर्वक प्रक्षेपण गरेको थियो ।

    images
    images
    images

    अमेरिका, चीन र रूसपछि चन्द्रमाको सतहमा आफ्नो अन्तरिक्षयान अवतरण गर्ने र चन्द्रमाको सतहमा सुरक्षित र सफल अवतरणका लागि देशको क्षमता प्रदर्शन गर्ने भारत चौथो देश हो । अवतरण पछि, चन्द्रयान–३ ले एक चन्द्र दिनको लागि काम गर्नेछ ।

    images
    images
    images

    चन्द्रमाको एक दिन पृथ्वीको १४ दिन बराबर हुन्छ । भारतले पहिलो पटक सन् २००८ मा चन्द्रमातर्फ चन्द्रयान–१ पठाएको थियो । यो अभियानबाट चन्द्रमाको सतहमा पानीको अस्तित्व रहेको प्रमाणित गरिएको थियो ।

    सन् २०१९ को शुरुतिर प्रक्षेपण गरिएको चन्द्रयान–२ चन्द्रमामा अवतरण हुन सकेको थिएन । भारतले चन्द्रयान–३ का लागि झन्डै ८ करोड डलर खर्च गरेको छ । भारतको अन्तरिक्ष कार्यक्रमका लागि १ दशमलव ५ अर्ब डलर बजेट छुट्याइएको छ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # चन्द्रयान–३
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।