देवदह। देवदह नगरपालिकामा डेङ्गु, आँखा पाक्ने रोग सम्बन्धी नगर स्तरीय सचेतना तथा अभिभुखीकरण कार्यक्रम सम्पन्न भएको छ ।
देवदह नगरपालिका स्वास्थ्य शाखाको आयोजनामा सम्पन्न भएको कार्यक्रममा डेङ्गु रोग लक्षण र रोकथामका उपायका बारेमा जानकारी गराइएको थियो।
कार्यक्रममा स्वास्थ्य कार्यालय रूपन्देहीका प्रमुख केदारनाथ शाह र देवदह नगर अस्पतालका प्रमुख डाक्टर संज्ञा सेनले डेङ्गु रोगको लक्षण, लाग्ने तरिका नियन्त्रणका उपायका विषयमा सहजीकरण गरेका थिए ।
कार्यक्रममा देवदह नगरपालिकाका नगर प्रमुख ध्रुव प्रसाद खरेलले विभिन्न संघ संस्थाका प्रतिनिधि सहित आयोजना गरिएको अभिभुखिकरण कार्यक्रमले डेङ्गु रोग सम्बन्धी सचेतना जनताको बिचमा पुर्याउनका लागि सहयोग पुग्ने बताए । आँखा पाक्ने रोग नियन्त्रणका लागि विद्यालयहरूमा स्वास्थ्य सचेतना कार्यक्रम सञ्चालन गरिएको र जोखिम भएका विद्यालयमा बिदा दिने अधिकार समेत दिइएको जानकारी दिए ।
डेङ्गुबाट बच्नका लागी सबै नागरिक खोज र नष्ट गर अभियानमा लाग्नुपर्ने उनको भनाई थियो।
पछिल्लो समय स्वास्थ्य संस्थामा उपचार गर्न आउने बिरामीहरूमा आँखा पाक्ने समस्या देखिएको देवदह नगरपलिकाका जन स्वास्थ्य अधिकृत काशिनाथ बञ्जाडेले बताए । यसरी आँखा पाक्ने समस्या बालबालिकामा बढी देखिने गरेको बञ्जाडेले जानकारी दिए । स्वास्थ्य संस्थामा आउने बिरामी मध्ये ५० प्रतिशतमा आँखा पाक्ने समस्या देखिएको उनकाे भनाइ छ ।
कार्यक्रम देवदह नगरपालिकाका नगर प्रमुख विद्या लक्ष्मी गुरुङको स्वागत र नगर स्वास्थ्य अधिकृत गिरि तरामुको सञ्चालनमा सम्पन्न भएको थियो।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology