Logo

२०८३, आश्विन ९गते


images
images

आफैंले बनाएका योजना किन कार्यान्वयन हुँदैनन् ? : सञ्चारमन्त्री रेखा शर्मा

आफैंले बनाएका योजना किन कार्यान्वयन हुँदैनन् ? : सञ्चारमन्त्री रेखा शर्मा

images
  • आफैंले बनाएका योजना किन कार्यान्वयन हुँदैनन् ? : सञ्चारमन्त्री रेखा शर्मा
    images
    images

    काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले मन्त्रालयको पूँजीगत खर्च कमजोर भएकोप्रति असन्तुष्टि जनाएकी छिन् । गत आर्थिक वर्ष २०८०/८१ मा मन्त्रालयको पूँजीगत खर्च ६० प्रतिशत समेत नपुगेको सन्दर्भमा उनले असन्तुष्टि व्यक्त गरेकी हुन् ।

    images
    images
    images

    सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा आयोजित आर्थिक वर्ष २०७९/८० को वार्षिक समीक्षा तथा मन्त्रालयस्तरीय विकास समितिको बैठकलाई सम्बोधन गर्दै उनले प्रश्न गरिन्, ‘आफैंले बनाएका योजना किन कार्यान्वयन हुँदैनन् ?’

    images
    images
    images

    जिम्मेवारीमा बसेका मान्छेमा समेत आफू पन्छिने बानी रहेको भन्दै उनले हरेक निकाय र जिम्मेवार अधिकारीले आत्मसमीक्षा गरेर प्रगतिको मूल्याङ्‍कन गर्नुपर्ने बताइन् । मन्त्री शर्माले भनिन्, ‘अरु कुनै कारण वा कसैले गर्दा भएन भन्न पाइँदैन । हामीले सबैले कसको कति कमजोरी हो खोजी गरौं तर चालु आर्थिक वर्षमा बहानाबाजी गरेर पूँजीगत खर्च नबढाउने छुट हामी कसैलाई छैन ।’

    images
    images
    images

    उनले सुशासन र सेवा प्रवाहलाई गुणस्तरीय बनाउन काम गर्नुपर्ने समय आएको बताइन् । उनले मन्त्रालय माताहतका सबै निकायलाई हरेक महिनाको प्रगति विवरणको ‘रिपोर्ट कार्ड’ बनाएर पेश गर्न समेत निर्देशन दिएकी छन् ।

    सञ्चार तथा सूचना प्रविधि मन्त्रालयअन्तर्गत आम सञ्चार, सूचना प्रविधि, दूरसञ्चार, चलचित्र, मुद्रण र हुलाक सेवा गरी छ क्षेत्र तथा विभिन्न १८ वटा संस्थान र निकाय रहेका छन् । आफूले प्रधानमन्त्रीसँग हरेक महिना मन्त्रालयको प्रगति विवरण रिपोर्ट कार्डको रुपमा पेश गर्ने कार्य सम्पादन सम्झौता गरिसकेको उल्लेख गर्दै मन्त्री शर्माले भनिन्, ‘मेरो कार्य सम्पादन भनेकै तपाइँहरुका क्षेत्र र निकायहरुबाट हुने हो, त्यसैले मन्त्रालय माताहतका सबै क्षेत्र र निकायलाई हरेक महिनाको प्रगति विवरण रिपोर्ट कार्डको रुपमा पेश गर्न आग्रह गर्दछु ।’

    मन्त्री शर्माले हरेक निकायले आफूले गरेका कामलाई दस्तावेजीकरण पनि निर्देशन दिइन् ।

     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।