देवदह । रुपन्देहीको देवदह नगरपालिका वडा नं. १ मा रहेको खड्ग माध्यमिक विद्यालयमा स्वास्थ्य सचेतना कार्यक्रम सम्पन्न भएको छ । लायन्स क्लब अफ देवदह प्रोफेसनल युथको आयोजना र लियो क्लब अफ मणिमुकुन्द युथ सहआयोजनामा कार्यक्रम सम्पन्न भएको थियो ।
कार्यक्रममा वर्तमान अवस्थामा फैलिएको आँखा सम्बन्धि रोगका बारेमा विद्यालयका विद्यार्थीहरुलाइ जानकारी गराइएको थियो ।
आँखा सम्बन्धि रोगका बारेमा जानकारी गराउँदै लियो क्लब मणिमुकुन्द युथका अध्यक्ष एवम केरवानी स्वास्थ्य चौकिका प्रमुख काशिराम रेग्मिले यदी कसैलाइ आँखा सम्बन्धि समस्या भएमा आफै औषधि किनेर बिना परामर्श प्रयोग गर्नु भन्दा स्वास्थ्य संस्थामानै गएर चेकजाँच गराउन आग्रह गरेका छन ।
कार्यक्रममा बोल्दै देवदह नगरपालिकाका नगर उपप्रमुख विद्यालक्ष्मी गुरुङ्गले मानिसको स्वास्थ्यनै सबैथोक रहेको र स्वास्थ्यमा विशेष ध्यान दिनुपर्ने बताउँदै कार्यक्रम आयोजना गरेकोमा आयोजकलाइ धन्यवाद व्यक्त गरिन । उपमेयर गुरुङ्गले आँखा सम्बन्धि रोग र डेंगुका लागि सचेतना नै मुख्य रहेको बताउँदै सचेत रहन आग्रह गरिन ।
कार्यक्रम लायन्स क्लब अफ देवदह प्रोफेस्नल युथका अध्यक्ष कमल पौडेलको अध्यक्षता, लियो क्लबका सचिव सन्देश बेलबासेको स्वागत र क्लबका सहसचिव दिनेश चौधरीको संचालनमा सम्पन्न भएको थियो ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology