Logo

२०८३, कार्तिक २८गते


images
images

काठमाडौंबाट दिल्लीतर्फ उड्न लागेको एयर इन्डियामा समस्या, १७९ यात्रु अलपत्र

काठमाडौंबाट दिल्लीतर्फ उड्न लागेको एयर इन्डियामा समस्या, १७९ यात्रु अलपत्र

images
  • काठमाडौंबाट दिल्लीतर्फ उड्न लागेको एयर इन्डियामा समस्या, १७९ यात्रु अलपत्र
    images

    काठमाडौंबाट नयाँ दिल्लीका लागि उड्न लागेको एयर इन्डियाको जहाजमा समस्या आएको छ । दिल्लीका लागि उड्न त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलको रनवे पुगेको उक्त जहाजमा समस्या आएको हो ।

    images
    images
    images

    त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल सूचना अधिकारी तेजबहादुर पौडेलले एयर इन्डियाको जहाजमा समस्या आएको पुष्टि गरे । उनले  भने, ‘केही बेर अघि काठमाडौंबाट नयाँ दिल्लीका लागि उड्न लागेको जहाज रनवेमा पुगेपछि चक्कामा समस्यामा देखियो । त्यसलाई ट्याक्टरले तानेर पार्किङ स्थलमा ल्याइएको छ ।’
    सो जहाजका कारण अन्य उडान समेत प्रभावित भएको छ । केही आन्तरिक र अन्तरराष्ट्रिय उडानका जहाजहरू आकाशमै होल्ड भएका छन् । जहाज पार्किङस्थलमा ल्याइएकोले होल्ड विमान ल्याण्ड गराउने तयारी भइरहेको उनले जानकारी दिए ।

    images
    images
    images

    उक्त जहाजमा १७९ जना यात्रु रहेका थिए । ती यात्रुहरूको व्ययवस्थापन कसरी गर्ने भन्ने बारे एयर इन्डिया जिम्मेवार रहने पौडेलले जानकारी दिए ।

    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।