Logo

२०८३, आश्विन १२गते


images
images

मलेसियामा चार्टर्ड विमान सडकमा दुर्घटना हुँदा १० जनाको मृत्यु

मलेसियामा चार्टर्ड विमान सडकमा दुर्घटना हुँदा १० जनाको मृत्यु

images
  • मलेसियामा चार्टर्ड विमान सडकमा दुर्घटना हुँदा १० जनाको मृत्यु
    images
    images

    एजेन्सी ।  मलेसियामा चार्टर्ड विमान दुर्घटना हुँदा १० जनाको मृत्यु भएको छ।

    images
    images
    images

    बिहीबार दिउँसो क्वालालम्पुरस्थित लंकावी अन्तर्राष्ट्रिय विमानस्थलबाट सेलांगोरका लागि उडेको निजी जेट विमान सुल्तान अब्दुल अजिज शाह विमानस्थलनजिकको सडकमा दुर्घटना भएको हो।

    images
    images
    images

    ६ यात्रु र चालक दलका २ सदस्य रहेको विमान दुर्घटना भएपछि सडकमा गुडिरहेका कार र मोटरसाइकलसँग ठोक्किएको थियो।

    images
    images
    images

    दुर्घटनामा विमानमा रहेका ८ जना र मोटरसाइकल र कारमा सवार दुई गरी १० जनाको मृत्यु भएको  सिएनएनले जनाएको छ।

    दुर्घटना हुनुपूर्व स्थानीय समयअनुसार दिउँसो २:४७ बजे सुबङ एअर ट्राफिक कन्ट्रोल टावरसँग उक्त विमानको सम्पर्क भएको थियो। एटिसीले २:४८ मा अवतरण गर्न भनेकोमा निर्धारित समयमा विमान अवतरण नभएको मलेसियाको नागरिक उड्डयन प्राधिकरणलाई उदृध गर्दै सिएनएनले उल्लेख गरेको छ।

    २:५१ बजे विमान दुर्घटनाग्रस्त अवस्थामा भेटिएको थियो। प्राधिकरणले विमानका चालक दलबाट खतराको अवस्थाबारे कुनैपनि जानकारी नआएको बताएको छ।

    विमान दुर्घटनामा मृत्यु भएकाहरूको पहिचान र पोष्टमर्टमका लागि टेंकु अम्पुअन रहिमह हस्पिटल लगिएको छ।

    दुर्घटनाको अनुसन्धान मलेसियाको यातायात मन्त्रालयको नेतृत्वमा हुने बताइएको छ। यातायात मन्त्री एन्थोनी लोकले अनुसन्धान जारी रहेको सिएनएनलाई जानकारी दिएका छन् ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।