Logo

२०८३, आश्विन १०गते


images
images

नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीको साधारण सभा तथा विधान अधिवेशन असोज ६ गते हुने

नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीको साधारण सभा तथा विधान अधिवेशन असोज ६ गते हुने

images
  • नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीको साधारण सभा तथा विधान अधिवेशन असोज ६ गते हुने
    images
    images

    राजेश  पराजुली, पोखरा । पोखरा नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीको साधारण सभा तथा विधान अधिवेशन असोज ६ गते हुने भएको छ । मञ्चको हालै बसेको एकतीसौं बैठकले साधारण सभा तथा विधान अधिवेशन सम्बन्धी निर्णय गरेको मञ्चका महासचिव तथा प्रवत्ता राजाराम पौडेलले जनाए ।

    images
    images
    images

    मञ्चको विधानलाई आवश्यकताको आधारमा परिमार्जन गर्दै समय सापेक्ष बनाउने उद्धेश्यका साथ विधान अधिवेशन सहितको साधारण सभा आयोजना गर्न लागिएको उनले खुलाए । जसको लागि मञ्चका सल्लाहकार रञ्जन अधिकारी क्षेत्रीको संयोजकत्वमा विधान संसोधन समिति गठन गर्ने निर्णय समेत बैठकले गरेको छ । मञ्चका अध्यक्ष र महासचिव पदेन सदस्य रहने समितिलाई पूर्णता संयोजक अधिकारीले दिनेछन् ।

    images
    images
    images

    गण्डकी प्रदेशका सम्पूर्ण खेलकुद पत्रकारको साझा संस्थाको रुपमा रहेको मञ्चले प्रदेशका सबै जिल्लामा शाखा विस्तार गर्ने तयारी समेत गरेको मञ्चका अध्यक्ष दीननाथ बरालले बताए ।

    images
    images
    images

    २०५७ सालमा खेलकुद पत्रकार मञ्च कास्कीको रुपमा स्थापना भएको यो संस्था २०७५ सालमा गण्डकी प्रदेशका रुपमा स्तोरोन्नति गर्दै स्वायत्त संस्थाको रुपमा विकास गरिएको थियो । हाल ७४ जना पत्रकार मञ्चमा आवद्ध छन् ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # नेपाल खेलकुद पत्रकार
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।