देवदह । देवदह नगरपालिकाले पुँजीगत खर्च बढाउन उपभोक्ता समितिलाई प्रभावकारी बनाउने निर्णय गरेको छ। कार्यपालिकाको १५३औं बैठकले पुँजीगत खर्चको लक्ष्य हासिल गर्न उपभोक्ता समितिलाई प्रभावकारी बनाउने र समयमै योजना सम्पन्न गर्ने निर्णय गरेको नगर प्रवक्ता गणेश डुम्रेले जानकारी दिए ।
नगरपालिकाले २०८० असोज मसान्तसम्म उपभोक्ता समितिको गठन गर्ने, कार्तिक मसान्तसम्म उपभोक्ता समितिहरुलाई तालिम दिने, मंसिर मसान्तसम्म
योजनाहरुको सम्झौता गर्ने र चैत मसान्तसम्म योजना सम्पन्न गरि बैशाख मसान्तसम्म नगरस्तरीय आयोजनाहरुको भुक्तानी गरिसक्ने काम अगाडी बढाउने निर्णयमा जनाईएको छ।
त्यसैगरी नगरपालिका अन्तर्गतका १२ वटै वडाका मुख्य तथा भित्री सडकहरुको खाल्डाखुल्डि पुर्नकोलागि विपद व्यवस्थापन कोषमा रहेको रकमलाई प्रति वडा एक लाख रुपैयाका दरले विनियोजन गर्ने निर्णय समेत नगरपालिकाले गरेको छ । उल्लेखित कार्य सम्पादन गर्दा सम्बन्धित वडामा खटिएका प्राविधिक कर्मचारीहरुबाट लागत अनुमान तयार गरी प्रचलित कानून बमोजिम कार्य सम्पादन विषय निर्णयमा उल्लेख भएको प्रवक्ता डुम्रेले बताए।
आर्थिक बर्ष २०७९/८० मा संचालन भएका कार्यक्रम तथा योजनाहरुको वार्षिक समिक्षा असोज ५ गते आयोजना गर्ने निर्णय गरेको कार्यपालिकाले नगरपालिकामा संचालन हुने शहरी सुधार परियोजना कार्यान्वयनको लागि एशियन विकास बैंकका कन्सल्टेन्ट पदम लोहनीले नगरपालिकाको लागि तयार पारेको विस्तृत वित्तीय व्यवस्थापन सुधार योजना समेत स्वीकृत गरेको छ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology