राजेश पराजुली, पोखरा । पोखराको लेकसाइडमा तीज साँस्कृतिक महोत्सव आयोजना गरिएको छ । सुस्ताएको पर्यटन प्रबद्र्धन गर्न पर्यटन व्यवसायी महिला संघ नेपाल टेवानले तीज साँस्कृति महोत्सव आयोजना गरेको हो ।
भदौ २५ देखि २७ गतेसम्म कोमागाने पार्क लेकसाइडमा हुनेछ । प्रदेशका ११ जिल्लालाई नै समेटेर महोत्सव आयोजना गरेको टेवानकी महासचिव अनिता खड्काले बताइन् ।
उनका अनुसार प्रदेशस्तरीय तीज गीत प्रतियोगिता, हाजिरी जवाफ प्रतियोगिता, मैत्रीपूर्ण महिला भलिबल, दौड प्रतियोगितासँगै साँस्कृतिक कार्यक्रम हुनेछ । मौलिक भेषभुषा प्रदर्शन, स्वदेशी तथा विदेशी खानाका परिकारका स्टल, महिला उद्यमीले उत्पादन गरेका सामाग्रीको बजारीकरणका लागि पनि स्टल रहनेछ ।
तीज महोत्सवले महिला उद्यमशिलताको विकास गर्दै आर्थिक चलायमान बनाउने टेवान अध्यक्ष कमला गिरीले बताइन् ।
महोत्सवले पर्यटनका लागि पोखरा १२ महिना नै खुला छ भन्ने सन्देश दिने उनको भनाइ छ । लयतिबेला पर्यटन व्यवसायमा अफसिजन भएकाले तीजको साँस्कृतिक महत्व उजागर गर्दै आन्तरिक र बाह्य पर्यटक तान्ने कोशिष भएको उनले बताइन् ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology