Logo

२०८३, आश्विन ९गते


images
images

देवदहमा महिलाहरूको निशुल्क स्वास्थ्य परिक्षण

देवदहमा महिलाहरूको निशुल्क स्वास्थ्य परिक्षण

images
  • देवदहमा महिलाहरूको निशुल्क स्वास्थ्य परिक्षण
    images
    images

    देवदह । रुपन्देहीको देवदह नगरपालिका वडा नं ३ मा रहेको आधारभुत स्वास्थ्य केन्द्र शिशपुरमा महिलाहरुको पाठेघरको मुखको क्यान्सर, आङ खस्ने र फिस्टुला सम्बन्धी एकदिने स्वास्थ्य परिक्षण कार्यक्रम सम्पन्न भएको छ । 

    images
    images
    images

    देवदह नगरपालिका वडा नं ३ को आयोजनामा सोमबार सम्पन्न सो शिविरबाट १४१ महिलाले आफ्नो स्वास्थ्य परिक्षण गराएको जनाईएको छ । जसमध्ये ११ जना महिलालाइ भिआइए जाँच गर्दा पोजिटिभ देखिएको र अन्य ४३ जनालाइ सुबिधा सम्पन्न हस्पतालमा थप उपचारका लागि रिफर गरिएको सो स्वास्थ्य चौकिका प्रमुख डिल्लेश्वर श्रेष्ठले बताए । 

    images
    images
    images

    कार्यक्रममा बोल्दै देवदह नगरपालिका व्क्डा नं ३ का वडा अध्यक्ष यज्ञ अर्यालले सबैले मासिक रुपमा आफ्नो स्वास्थ्य जाँच गर्नुपर्ने र चिकित्सकसंग परामर्श लिइरहनुपर्ने बताए । उनले अस्पतालमा रिफर गरिएकाहरुलाई नआत्तिएर स्वास्थ्य परामर्शमा सहभागी हुन समेत आग्रह गरे। 

    images
    images
    images

    शिविरमा डा अरुणा पोख्रेल महिलाहरूको स्वास्थ्य जांच गरेकी थिईन्। कार्यक्रमको सहजीकरण आधारभुत स्वास्थ्य चौकी शिशपुरका प्रमुख डिल्लेश्वर श्रेष्ठ गरेका थिए।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।