Logo

२०८३, आश्विन ९गते


images
images

समसामयिक

व्यक्ति फेरिनुलाई प्रधान मान्ने हो भने विधी र पद्वती कोशौं टाढा छ

व्यक्ति फेरिनुलाई प्रधान मान्ने हो भने विधी र पद्वती कोशौं टाढा छ

images
  • व्यक्ति फेरिनुलाई प्रधान मान्ने हो भने विधी र पद्वती कोशौं टाढा छ
    images
    images

    नेपाली राजनीति अत्यन्तै तरल अवस्थामा छ । अझ भनौं त पेट्रोलियम पदार्थ भन्दा ज्वलनशिल छ, कतै दिप प्रज्वलन, कतै पुत्ला दहन । संक्रामक सोच फेरिएको छैन । एउटा 'बा' गए अर्का 'बा' आए । ब्यक्ति प्रधान होकि विधि सोच्ने बेला आएको छ। 

    images
    images
    images

    २०४६ को एतिहासिक जनान्दोलनले स्थापित गराएका ब्यक्ति विशेष र दलहरुले आलोपालो राज्य चलाइरहेका छन् । बढ्दो बेरोजगार, बढ्दो रास्ट्रीय ॠण र बढ्दो वैदेशिक हैकम ओरालो लाग्ने अवस्थामा छैन । गरिब झन गरिब र धनी झनझन धनी बन्दै गएको पुँजिवादी नक्कललाई समाजवादी र सर्वहारावादीको जलप लगाइएको छ र प्रतिपक्षी बस्दा खुब टल्काइएको छ । अर्थात्, चमकदार बनाइएको छ । शिर्ष भनिएका दल र तिनका ८/१० टाउकेहरु बिगत ३२ बर्ष देखि पालैपालो फेरिएका छन् । तर देश जस्ताको तस्तै छ । बरू दिनानुदिन बिग्रदो छ । 

    images
    images
    images

    'व्यक्ति फेरिनुलाई नै प्रधान मान्ने हो भने विधीको शासन कोशौं टाढा छ' । हत्याहिंसा, लुटपाट कायमै छ । अझ भनौं त आफैले कर तिरेको राज्यमा सरकारी कामका लागि यिनै नेताहरुको सिफारिस अनिवार्य बनाइएको छ । ठेक्का र उपभोक्ता समितिमा भाग र कोटा अनुसारको अंशियार नियुक्त गरिएको छ । साँचो अर्थमा भन्नू पर्दा विधि लत्याएर ब्यक्ती पुज्दैछौं हामी । यो अवस्थाको अन्त्य जरुरी छ । आफ्नो अनुकूल आएको सर्वोच्चको परमादेशलाई हाइहाइ गर्नेहरु हिजो यहि अदालतले दिएको "राइट टु रिजेक्ट र राइट टु रिकल" को परमादेश किन कार्यान्वयन भएन, खोजी गरेका छन् कसैले ? 

    images
    images
    images

    देशमा ओली ठिक, देउवा ठिक वा प्रचण्ड ठिक भन्नेहरुकै बोलबाला छ । एमाले, कांग्रेस र माओवादी फरकफरक नामधारी पसल खोलेका तर एउटै उदेश्य बोकेका पार्टीहरु सावित भएकाछन् । दूतावासमा डिनर खाएर संसदमा एमसिसी ठिक छ भन्नेहरु र उज्यालोमा रास्ट्रवादका चर्काचर्का नारा दिएर अध्यारोमा रास्ट्रघात गर्नेहरु यो देशका धमिरा हुन बुझ्न जरुरी छ। 

    - रामचन्द्र तिम्सिना (आवाज)

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।