Logo

२०८३, आश्विन ९गते


images
images

सार्वजनिक भयो आइफोन १५ सिरिज, कुन मोडलको मूल्य कति?

सार्वजनिक भयो आइफोन १५ सिरिज, कुन मोडलको मूल्य कति?

images
  • सार्वजनिक भयो आइफोन १५ सिरिज, कुन मोडलको मूल्य कति?
    images
    images

    एजेन्सी । एप्पलले आइफोन १५ सिरिज सार्वजनिक गरेको छ। कम्पनीले मंगलबार एप्पल इभेन्टमार्फत आइफोन १५ सिरिज सार्वजनिक गरेको हो।

    images
    images
    images

    एप्पलको आइफोन १५ विश्व बजारको निकै प्रतिक्षित सिरिज हो। क्यालिफोर्नियास्थित स्टिभ जब्स थियटरमा भएको एप्पल इभेन्टको यस वर्षको ट्यागलाइन 'वन्डरलस्ट' रहेको थियो।

    images
    images
    images

    कम्पनीले आइफोन १५ सिरिजअन्तर्गत आइफोन १५, आइफोन १५ प्लस, आइफोन १५ प्रो र आइफोन १५ प्रो म्याक्स गरी चार मोडल सार्वजनिक गरेको छ। कम्पनीले यही शुक्रबारदेखि प्रि-अर्डर समेत सुरू गर्ने बताएको छ।

    images
    images
    images

    आइफोन १५ सिरिजसँगै कम्पनीले एप्पल वाच अल्ट्रा २ र एप्पल वाच सिरिज ९ पनि सार्वजनिक गरेको छ। एप्पलले आइफोन १५ सिरिज र एयरपड्स प्रो डिभाइसहरूमा युएसबी-सी चार्जिङ केबल प्रदान गर्ने बताएको छ।

    सार्वजनिक गरिएको नयाँ आइफोन १५ सिरिजअन्तर्गतको आइफोन १५ र आइफोन १५ प्लस १२८ जिबी, २५६ जिबी र ५१२ जिबीमा उपलब्ध हुनेछ। आइफोन १५ प्रो यीबाहेक १ टिबी स्टोरेज क्षमता भएको भेरियन्टसम्म उपलब्ध हुनेछ भने आइफोन १५ प्रो म्याक्स २५६ जिबी स्टोरेज क्षमतादेखि १ टिबी क्षमतासम्मको भेरियन्टमा उपलब्ध हुनेछ।

    कम्पनीले आइफोन १५ को सुरुआती मूल्य ७९९ अमेरिकी डलर (भारु ७९,९००) तोकेको छ। आइफोन १५ प्लसको सुरुआती मूल्य भने ८९९ अमेरिकी डलर (भारु ८९,९००), आइफोन १५ प्रोको ९९९ अमेरिकी डलर (भारु १,३४,९००) र आइफोन १५ प्रो म्याक्सको मूल्य १,१९९ अमेरिकी डलर (भारु १,५९,९००) तोकिएको छ।

    आइफोन १५ र आइफोन १५ प्लस दुवैमा २००० निट्सको पिक ब्राइटनेससहित ओएलइडी सुपर रेटिना डिस्प्ले दिइएको छ।

    आइफोन १५ मा ६.१ इन्च र आइफोन १५ प्लसमा ६.७ इन्चको डिस्प्ले स्क्रिन दिइएको हो।

    दुवै मोडल ए१६ बायोपिक प्रोसेसरद्वारा सञ्चालित छन्। यसभन्दा अघिको आइफोन १४ प्रो र प्रो म्याक्समा पनि यही प्रोसेसर दिइएको थियो। यी मोडलहरू गुलाबी, पहेंलो, हरियो, निलो र कालो गरी पाँच विभिन्न रंगमा सार्वजनिक गरिएको हो।

    आइफोन १५ प्रो गेमिङ-केन्द्रित सफ्टवेयर सुविधाहरूसहित तयार पारिएको छ। यसमा ए १७ प्रो चिप र मल्टिपल लेन्ससहितको प्रो-लेभल क्यामेरा प्रणाली दिइएको छ। आइफोन १५ प्रो म्याक्स पनि ए१७ चिपमा आधारित छ।

    आइफोन १५ प्लो म्याक्समा विशेष यसको क्यामेरा छ। यसमा १० एक्ससम्म जुम गर्न मिल्ने अप्टिकल जुम रेन्ज दिएको छ। आइफोन प्रोमा ६.१ इन्चको डिस्प्ले दिइएको छ भने आइफोन प्रो म्याक्समा ६.७ इन्चको डिस्प्ले छ।

    आइफोन १५ प्रो र प्रो म्याक्स नेचुरल टाइटानियम (ग्रे), निलो, सेतो र कालो गरी चार रंगमा सार्वजनिक गरिएको छ।

    एप्पलले सार्वजनिक गरेको एप्पल वाच सिरिज ९ मा एस-९ चिप दिइएको छ, जुन तुलनात्मक रूपमा राम्रो मानिन्छ। एप्पलको अल्ट्रा २ को ब्याट्री क्षमतामा पनि विकास गरेको बुझिन्छ। यसलाई एक पटक पूरा चार्ज गरेपछि ३६ घण्टासम्म चलाउन सकिने दाबी गरिएको छ। यसमा नाइट मोड फिचर पनि समावेश गरिएको छ।

    यसबाहेक एप्पल इभेन्टमा कम्पनीले नाइकी ब्रान्डसँग सहकहार्य गरिरहेको घोषणा गरेको छ। कम्पनीले भविष्यमा आफ्नो उत्पादनहरूमा कुनै पनि छालाजन्य पदार्थ प्रयोग नगर्ने बताएको हो।

    यसबाहेक कम्पनीले सन् २०३० सम्ममा नेट शून्य कार्बन उत्पादन गर्ने योजना बनाएको छ। कम्पनीले वाच सिरिज ९ मा पनि रिसाइकल धातुहरू प्रयोग गरेको बताएको छ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # आइफोन १५
  • # आइफोन
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।