Logo

२०८३, आश्विन १२गते


images
images

'चाडपर्वमा महिलाका नयाँ मुद्दा उठाऔं’

'चाडपर्वमा महिलाका नयाँ मुद्दा उठाऔं’

images
  • 'चाडपर्वमा महिलाका नयाँ मुद्दा उठाऔं’
    images
    images

    रुपन्देही । तीज पर्व मनाउँदा संगसंगै महिला नयाँ मुद्दाहरु उठाउनुपर्ने एक कार्यक्रमका बक्ताहरुले बताएका छन् । चाडपर्व मनाउँदा आफ्ना हक अधिकारलाई अझ बढी मुखरित गर्नुपर्ने बक्ताहरुको भनाई छ ।

    images
    images
    images

    नेकपा (माओवादी केन्द्र) निकट अखिल नेपाल महिला संघ (क्रान्तिकारी) रुपन्देहीले बिहीबार बुटवलमा आयोजना गरेको ‘जनतासंग माओवादी विशेष रुपान्तरण अभियान’ तथा तीज मिलन कार्यक्रममा बोल्ने बक्ताहरुले समय अनुसार महिलाका नयाँ मुद्दाहरु उठाउनुपर्नेमा जोड दिए ।mahila ka new mudda news pic (1).jpg

    images
    images
    images

    कार्यक्रमलाई सम्बोधन गर्दै माओवादी केन्द्रका स्थायी कमिटि सदस्य तथा अभियानकालागि रुपन्देही इन्चार्ज गणेशमान पुनले चाडपर्व मनाउदै गर्दा महिलाले उठाउनुपर्ने नयाँ मुद्दाहरु छुटाउन नहुँने बताए । पुनले भने, ‘तीज मनाउँदा पहिले दुःखसुख, रोदन र पीडाका कुरा गाइन्थ्यो तर अहिले समय बदलिदै गएको छ, अब महिलाका नयाँ मुद्दाहरु उठाउन जरुरी छ ।’ महिलाका हक अधिकार मात्र नभएर समग्र राज्य प्रणालीमा महिलाको समान सहभागीता अहिलेको आवश्यकता भएको उनले चर्चा गरे । अहिलेको सरकारले गरेका कतिपय राम्रा भ्रष्टाचारबिरोधी अभियानलाइ गाउँ–गाउँसम्म पुर्याउन महिलाको मुख्य भूमिका हुने भन्दै उनले महिलाहरु अब राजनीतिको उच्च तहसम्म पुग्ने गरी क्षमता विकासका कार्यक्रममा सहभागी हुनुपर्ने उल्लेख गरे ।

    images
    images
    images

    कार्यक्रममा बोल्दै माओवादी केन्द्रका केन्द्रीय सदस्य नारायणी शर्माले माओवादीमा आबद्ध महिलाले समाज रुपान्तरण अभियानलाई सहयोग हुने गरी पर्वहरु मनाउनुपर्ने उल्लेख गरिन् । 

    संविधान सभा सदस्य सोनिया यादवले मधेसी महिलाका मुद्दालाई राज्यले उचित सम्बोधन गर्न नसकेको भन्दै पिछडिएका मधेशी महिलाहरु अब राजनीतिको मुलधारमा आउनुपर्ने आवश्यकता औंल्याइन ।

    कार्यक्रममा माओवादी केन्द्रका लुम्बिनी प्रदेश अध्यक्ष सुदर्शन बरालले महिलाहरु राज्यका माथिल्ला तहमा पुगेर राज्य चलाउन सके अनियमिताहरु कम हुन सक्ने बताए । पुरुषको तुलनामा महिलाहरु धेरै इमान्दार हुने हुँदा महिलाले नेतृत्व गरेका निकायमा अनियमिताताहरु नहुँने विस्वास उनले ब्यक्त गरे ।

    अखिल नेपाल महिला संघ (क्रान्तिकारी) का रुपन्देही जिल्ला अध्यक्ष दिपिका शर्माको अध्यक्षतामा भएको कार्यक्रममा नेतृहरु कल्पना थापा, धनकुमारी चौधरी लगायतले बोल्दै महिला सशक्तिकरणका मुद्दाहरुमा केन्द्रीय भएर अभियान चलाउनुपर्ने उल्लेख गरे ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।