देवदह । रुपन्देहीको देवदह नगरपालिका वडा नम्बर ७ मा अवस्थित देवदह ईङलिस बोर्डिङ हाई स्कूलमा साप्ताहिक रुपमा सञ्चालन गरिने अतिरिक्त क्रियाकलाप भदौ २९ गते ५९ औं राष्ट्रिय बालदिवसको अवसरमा सुनौलो बाल क्लबद्धारा तीज नृत्य प्रतियोगिता सम्पन्न गरेको छ ।
जसअन्र्तगत सव जुनियर कक्षा १ देखी ३ सम्म भएको प्रतियोगिता तर्फ कक्षा २ रोजबाट सहभागी विद्यार्थीहरु प्रथम, कक्षा १ लिलिबाट सहभागी विद्यार्थीहरु द्वितीय स्थान हासिल गर्न सफल भएका थिए ।
जुनियर कक्षा ४ र ५ विच भएको प्रतियोगितामा प्रथम कक्षा ५ लिलि, र ६ लिलिबाट द्वितीय स्थान हासिल गर्न सफल भएका थिए ।
त्यसैगरि सिनियर कक्षा ७ देखी ९ सम्म अध्ययनरत विद्यार्थी विच भएको प्रतियोगितामा कक्षा ९ बाट प्रथम र कक्षा ८ रोजका सहभागी विद्यार्थीहरु द्वितीय हुन सफल भएका थिए । उक्त प्रतियोगिताको उत्कृष्ट नृत्यकार विद्यार्थी गौमती कामु , अञ्जली गोतामे र स्वीकृति पौडेललाई प्रदान गरिएको थियो ।
सुनौलो बाल क्लबका अध्यक्ष कीर्तन गुरुङको अध्यक्षता, वरिष्ठ सह प्राचार्य मन वहादुर क्षेत्रीको प्रमुख आतिथ्यता, विद्यार्थी द्वेय शेखर पाण्डे र प्रशान्त देवकोटा को कार्यक्रम सञ्चालन, शिक्षक विशाल प्रधानको सहजीकरणमा सम्पन्न भएको उक्त कार्यक्रमको निर्णायकको भूमिका शिक्षक भगवती शर्मा तिवारी र भावना पुनले गरेको जानकारी माधब आचार्यले दिए ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology