काठमाडौं । केकी अधिकारी लोकप्रिय चाउचाउ करेन्ट नुडल्सको ब्राण्ड एम्ब्यासेडर नियुक्त भएकी छन् । काठमाडौँमा एक कार्यक्रमको आयोजना गरेर नेपाली चाउचाउ कम्पनी यशोदा फुड्सले ब्रान्ड एम्ब्यासेडरको घोषणा गरेको हो ।
कम्पनीले करेन्ट नुडल्स तथा स्न्याक्सको लागी नेपाली चलचित्र जगती चर्चीत अनुहार केकीलाई ब्रान्ड एम्ब्यासेडर चयन गरेको हो । यशोदा फुड्स प्रालीले सन् २०१७ देखि आफ्नो ब्यवसायको थालनी गरेको थियो ।
सुरुवाती दिनमा लाली र करेन्ट ब्राण्ड अन्र्तगत तयारी चाउचाउ उत्पादन गर्ने सोँचका साथ रुपन्देहीको तिलोत्तमाबाट कम्पनीले आफ्नो उत्पादनको सुरुवात गरेको थियो । हाल कम्पनीले बिभिन्न ब्राण्डका चाउचाउ तथा स्न्याक्सहरु उत्पादन गरी नेपाल तथा विश्वका बिभिन्न मुलुकहरुमा निर्यात गर्दै आईरहेको छ ।
सुपर प्रिमीयम सेगमेन्ट अन्र्तगत कम्पनीले करेन्ट हट एण्ड स्पाईसी, करेन्ट २× स्पाईसी, करेन्ट हट एण्ड लेमन स्पाईसी नुडल्स, करेन्ट चिज एण्ड बटर, करेन्ट मसरुम तथा करेन्ट कप नुडल्सको उत्पादन गरीरहेको छ भने प्रिमीयम सेगमेन्ट अन्र्तगत करेन्ट, लाली, लगायतका चाउचाउहरु उत्पादनमा छन । त्यसै गरी प्रिमीयम स्न्याक्स सेगमेन्ट अन्र्तगत, करेन्ट चिजवल, करेन्ट हट एण्ड स्पाईसी स्टीक्स, करेन्ट पोटेटो क्रयाकर, करेन्ट पोटेटो स्टीक्स, करेन्ट अचारी स्टीक्स, करेन्ट हट एण्ड लेमन स्टीक्स, करेन्ट ओनियन रिङ्ग, करेन्ट मखना लगायतका प्रिमीयम स्न्याक्सको उत्पादन गरी नेपाल लगायत विदेशमा समेत निर्यात गरीरहेको छ ।
गुणस्तरीय चाउचाउ र स्न्याक्स उत्पादन गरी नेपाल लगायत विदेशका भारत, जापान, भुटान, दुवई, अस्ट्रेलिया, युरोप, युके, अमेरीका, क्यानेडा, मलेसिया, सिङ्गापुर लगायतका देशहरुमा निर्यात गरीरहेको यस कम्पनीले आफ्ना उत्पादन र ब्राण्ड प्रतिको उपभोक्ताको दिन प्रतिदिनको विश्वास र भरोसा नै आफ्नो सम्पती र ख्याती भएको कुरा समेत कम्पनीले जनाएको छ । हाल यस कम्पनीको उत्पादन करेन्ट हट एण्ड स्पाईसी नुडल्स नेपालमा सर्वाधिक रुचाईएको चाउचाउ अन्र्तगत पर्दछ भने नेपालको परिपेक्षमा यो चाउचाउ १ नम्बर स्थानमा पर्दछ । आजको दिनमा यस कम्पनीका चाउचाउ तथा स्न्याक्सप्रति दैनिक रुपमा आम उपभोक्ताको माग र विश्वास बढ्दै गएको छ ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology