Logo

२०८३, श्रावण २७गते


images
images

६४ औं सहकारी दिवस

सहकारी दिवसको अवसरमा देवदहमा अभिमुखिकरण कार्यक्रम सम्पन्न

सहकारी दिवसको अवसरमा देवदहमा अभिमुखिकरण कार्यक्रम सम्पन्न

images
  • सेतोमसी सहकर्मी
  • सहकारी दिवसको अवसरमा देवदहमा अभिमुखिकरण कार्यक्रम सम्पन्न
    images
    images

    १९ चैत, देवदह । रुपन्देहीको देवदहमा "ऎन बमोजिम सहकारी संचालन र कानुनी प्रावधान" विषयक अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ । ६४औं सहकारी दिवसको अवसरमा सहकारी दिवस व्यबस्थापन कार्यदल, देवदहको आयोजनामा उक्त कार्यक्रम भएको हो ।

    images
    images
    images

    कार्यक्रममा बोल्दै कार्यक्रमका प्रमुख अतिथी देवदह नगरपालिकाका प्रमुख हिराबहादुर खत्रीले सहकारीले स्थानीय बिकासमा महत्वपूर्ण भुमिका खेलेको बताउंदै देवदहमा स्थापित सम्पुर्ण सहकारीहरुलाइ धन्यवाद ज्ञापन गरे । रोजगारी सृजना देखि अर्थ परिचालनसम्म सहकारीको उल्लेखनीय योगदान रहेको बताउँदै उनले संघीय र स्थानीय सरकारद्वारा निर्मित सहकारी ऎनको पुर्ण पालना गर्न सहकारी संस्थाहरु सफल रहने विस्वास ब्यक्त गरे ।

    images
    images
    images


    नेपाल ऋण तथा बचत सहकारी महासंघका अध्यक्ष परितोष पौडेल र देवदह  नगरपालिकाका प्रशासकिय अधिकृत गंगा प्रसाद पन्थीद्वारा अभिमुखीकरण तालिम दिइएको उक्त कार्यक्रममा राष्ट्रिय सहकारी बोर्ड सदस्य प्रकाश अर्याल, निर्माण बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष मोतिलाल ढकाल लगायतले बोलेका थिए ।

    images
    images
    images

    देवदह नगरपालिकाको बित्तिय सहयोग रहेको उक्त कार्यक्रम सहकारी विकास बोर्डका संचालक, जिल्ला सहकारी बोर्ड रुपन्देहीका सचीव एवं साना किसान सहकारी संस्था, देवदहका अध्यक्ष टीका न्यौपानेको अध्यक्षतामा सम्पन्न भएको थियो ।  कार्यक्रमको संचालन कोलिय साकोसका अध्यक्ष शुभकान्त न्यौपानेले गरेका थिए ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    सेतोमसी सहकर्मी
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।