Logo

२०८३, कार्तिक २५गते


images
images

शेख हसिनालाई नयाँ राहदानी नदिने बंगलादेशको निर्णय

शेख हसिनालाई नयाँ राहदानी नदिने बंगलादेशको निर्णय

images
  • शेख हसिनालाई नयाँ राहदानी नदिने बंगलादेशको निर्णय
    images

    काठमाडौं । बंगलादेश सरकारले पूर्वप्रधानमन्त्री शेख हसिनालाई नयाँ राहदानी जारी नगर्ने भएको छ ।

    images
    images
    images

    विदेश राज्यमन्त्री हुमायुन कबिरले मृत्युदण्डको सजाय सुनाइएकाले उनलाई राहदानी दिन नसकिने बताएका छन् ।

    images
    images
    images

    उनले भारतमा रहेकी हसिनालाई दुई देशबीचको कैदी हस्तान्तरण सम्झौताअन्तर्गत बंगलादेश फिर्ता ल्याउने प्रयास भइरहेको पनि बताएका छन् ।

    images
    images

    हसिनाले आगामी डिसेम्बरमा बंगलादेश फर्कने तयारी गर्दै नयाँ राहदानी र राष्ट्रिय परिचयपत्र माग गरेकी थिइन् । उनका कानुन व्यवसायीले नयाँदिल्लीस्थित बंगलादेशी उच्चायोगमा त्यसका लागि निवेदन दिएका थिए ।

    बंगलादेशको अन्तर्राष्ट्रिय अपराध न्यायाधिकरणले सन् २०२५ नोभेम्बर १७ मा सन् २०२४ को विद्यार्थी आन्दोलन दमनका क्रममा मानवताविरुद्धको अपराध गरेको ठहर गर्दै हसिनालाई मृत्युदण्ड सुनाएको थियो । संयुक्त राष्ट्रसंघको प्रतिवेदनअनुसार उक्त आन्दोलनका क्रममा करिब १ हजार ४०० जनाको मृत्यु भएको थियो ।

    हसिनाले भने आफूमाथिका आरोप अस्वीकार गर्दै अदालतको फैसलालाई राजनीतिक प्रतिशोधको संज्ञा दिएकी छन् । उनी सन् २०२४ अगस्ट ५ मा सत्ता छाडेर भारत पुगेकी थिइन्। त्यसयता उनी भारतमै बस्दै आएकी छन् ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।