Logo

२०८३, श्रावण २७गते


images
images

माथागढीमा निलकुमारी ठाडा स्मृति भवनको उद्घाटन

माथागढीमा निलकुमारी ठाडा स्मृति भवनको उद्घाटन

images
  • सेतोमसी सहकर्मी
  • माथागढीमा निलकुमारी ठाडा स्मृति भवनको उद्घाटन
    images
    images

     सुमन गाहा, २० चैत्र, पाल्पा । माथागढी गाउँपालिका वडा नं. ३ कसेनीमा वडा सदस्य निलकुमारी ठाडा स्मृति भवन उद्घाटन कार्यक्रम सम्पन्न भएको छ ।  ठाडाको २०७६ भदौ २९ गतेका दिन ४० वर्षको उमेरमा मृत्यु भएको थियो ।

    images
    images
    images

    उद्घाटन कार्यक्रमका प्रमुख अतिथि तथा गाउँपालिका अध्यक्ष सन्तोष कुमार थापाले अाफूले गाउँपालिकाकाे परिवारबाट एकजना सदस्य गुमाएकोमा दु:ख ब्यक्त गर्दै सहकर्मीको सम्झनामा बनाइएको भवनले उहाँलाई सधैं सम्झाइरहने बताए । 

    images
    images
    images

    कार्यक्रमका विशिष्ट अतिथि तथा कार्यपालिका उपाध्यक्ष निर्मला भट्टराईले अाफ्नाे सहकर्मी गुमादा निकै पिडा भएको भन्दै उहाँको नाममा भवन बनेकोमा खुसी व्यक्त गर्दै यसमा साथ दिने सबैलाइ धन्यवाद ब्यक्त गरिन् ।

    images
    images
    images

    कार्यक्रमका कार्यपालिका प्रमुख प्रशासकीय अधिकृत राजु नेपाल, वडा नं. ३ का अध्यक्ष दिपक थापा, कार्यपालिका सदस्य तारा रसाइली लगाएतले आफ्नो भनाइ राखेका थिए ।

    कार्यक्रममा भवन बनाउन जग्गा सहयोग गर्नुहुने टुन्टी ठाडा जग्गादातालाई सम्मान समेत गरिएको थियो । भने प्रमुख अतिथिले रिबन काटेर भवन उद्घाटन गर्दै अाजबाट भवन पूर्ण रुपमा समुदायको भएको भन्दै समुदायलाई हस्तान्तरण गरेका थिए ।

    कार्यक्रममा स्व.  निलकुमारी ठाडाकाे फाेटाेमा फुलमाला अर्पण सहित समवेदना प्रकट गरिएको थियो ।

    कुलबहादुर घर्ती मगरको अध्यक्षतामा सम्पन्न कार्यक्रममा एलिना घर्तीमगरको स्वागत तथा तेज घर्तीमगरकाे सञ्चालन रहेको थियो ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    सेतोमसी सहकर्मी
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।