Logo

२०८३, श्रावण २७गते


images
images

सम्झनामा बाल्यकालको शिवरात्री

सम्झनामा बाल्यकालको शिवरात्री

images
  • सेतोमसी सहकर्मी
  • सम्झनामा बाल्यकालको शिवरात्री
    images
    images

    भनिन्छ, हरेक मान्छेको जीवनमा कुनै न कुनै घटनाहरु घटेका हुन्छन् र भुल्न सकिँदैन त्यही दिन त्यही घटनाको सम्झना आउँदा अतीत बल्झियो भनिन्छ। त्यस्तै अतीत मध्यको एक शिवरात्री अर्थात आजको दिनमा घटेको एक यथार्थ घटना प्रस्तुत गर्न गईरहेको छु।

    images
    images
    images

    कुरो आज भन्दा लगभग ३० बर्ष अघिको हो जुनबेला म १२/१३ बर्षको किशोर अवस्थामा थिए। हरेक किशोर किशोरिको मनमा हुन्छ केही नयाँ गर्ने, नयाँ चिज खाने, केही नयाँ कुरा गर्ने कौतुहलताको तरंगहरु उर्लिएको हुन्छ । जुन सत्य पनि हो।

    images
    images
    images

    लामो भुमिका नबांधिकन बिषय वस्तु तिर प्रवेश गर्न चाहन्छु। सामाजिक मान्यता र संस्कार अनुसार शिवजिको प्रसाद स्वरुप शिवरात्रीमा गाँजा खानुपर्छ भन्ने मान्यता हामी भित्र पनि स्थापित भैसकेको थियो। यसो बुढापाकाहरुको छेउमा बस्दा सुनेको गुलियो र तातो चियासंग खाँदा धेरै लाग्छ अरे भन्ने पनि सुनेका थियौं। गाँजाको जुगाड त हामीले २/३ दिन अगाडि नै गरिसकेका थियौं। जुगाड गर्न बाँकी गुलियोका लागि चकलेट र भर्ने चिलिम मात्रै थियो।

    images
    images
    images

    त्यतिखेर धुनिको लागि दाउरा धुरी पिच्छे उठाउने चलन थियो। साँझ दाउरा अथवा अझ भनौं त मुढा जम्मा गर्ने क्रममा मैले खुसुक्क पसल भित्र छिरेर ३ रुपेको सुका खाले गुलियो चकलेट १२ वटा खल्तिमा लुकाएको थिएँ।

    धुनी जगायो बुढा टोलिहरु खुलेआम गाँजा भरेर मादल वजाउँदै गित गाउँदै तान्दै थिए हामिलाई भने छेउमा पर्नै दिदैनथे। हामीहरु पनि पुर्वनिर्धारित योजना अनुसार बारिको कुनामा गयौं। चिलिममा गाँजा भर्यौं र सल्काएर जानी नजानी ख्वाक ख्वाक खोक्दै तान्न थाल्यौं।

    अनुभव थिएन कतिले लाग्छ त्यो पनि अड्कल थिएन। जबर्जस्ति एक पोको गाँजा ४ जना मिलेर सकायौं। सुनेको कुरा अनुसार खल्तिमा भएको गुलियो चकलेट पनि बाँढेर खायौं। रातको १० बजिसकेको हुनाले होसमै घर पुगियो र चुपचाप सुतियो।

    तर घाँटी सुकेर एक लोटा पानी सबै पिउँदा पनि प्यास मेटिएन। सुत्न खोज्यो खाट पल्टिए जस्तो छाना खसे जस्तो घर भासिए जस्तो डर मात्रै लागिरह्यो। भोकले कसौंडीको भात खर्लप्पै सकाउँदा पनि भोक मेटिएन। आजभोलि शिवरात्री आउँना साथ त्यो दिन पल्टिएको खाट, खसेको छानो र भासिएको घर झलझली सम्झन्छु।
    सम्झनामा अतीत।

    नोट :- परम्पराको नाममा गाँजा तथा लागुपदार्थ सेवन नगरौं।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    सेतोमसी सहकर्मी
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।