Logo

२०८३, आश्विन ९गते


images
images

जनता समाजवादी लुम्बिनी प्रदेशद्वारा  विधेयकको विपक्षमा मतदान गर्न ह्विप जारी

जनता समाजवादी लुम्बिनी प्रदेशद्वारा  विधेयकको विपक्षमा मतदान गर्न ह्विप जारी

images
  • जनता समाजवादी लुम्बिनी प्रदेशद्वारा  विधेयकको विपक्षमा मतदान गर्न ह्विप जारी
    images
    images

    बुटवल । जनता समाजवादी पार्टी, लुम्बिनी प्रदेशले लुम्बिनी प्रदेश सरकारले पेश गरेको आर्थिक विधेयकको विपक्षमा मतदान गर्ने भएको छ । पार्टीको संसदीय दलका नेता सहसराम यादवको निर्देशनमा प्रमुख सचेतक पुर्मति ढेंगाले सम्पुर्ण संसद सदस्यहरूलाई विधेयकको विपक्षमा मतदान गर्न ह्विप जारी गरेका छन् । 

    images
    images
    images

    लुम्बिनी प्रदेश सरकारले पेश गरेको वार्षिक बजेट समय सापेक्ष नरहेकोले  राजनीतिक दल सम्बन्धि ऐनको दफा २८ को उपधारा १ अनुसार सबै सांसदले विपक्षमा मतदान गर्न ह्विप जारी गरिएको जनता समाजवादीले जनाएको छ । सेतोमसीसंग कुरा गर्दै प्रमुख सचेतक पुर्मति ढेंगाले सबै सांसद सदस्यले विधेयकको विपक्षमा मतदान गर्ने र त्यसो नगरेको पाईए नियमानुसार कार्वाही गरिने बताए । 

    images
    images
    images

    जनता समाजवादी पार्टीको लुम्बिनी प्रदेशमा सहसराम यादव, पुर्मति ढेगा, सुमन शर्मा, सन्ताेष पाण्डे, कल्पना पाण्डे र बिजय ब. यादब गरि ६ जना सांसद छन् । जसमध्ये केही सांसद प्रदेश सरकारका मन्त्री समेत रहेका छन् ।

    images
    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।