Logo

२०८३, कार्तिक २८गते


images
images

पाठक पत्र

नेवारी जात्राको धार्मिक महत्त्व 

नेवारी जात्राको धार्मिक महत्त्व 

images
  • सेतोमसी सहकर्मी
  • नेवारी जात्राको धार्मिक महत्त्व 
    images

    हुन त जात्राको आफ्नै महत्त्व छ । पुरातात्त्विक किम्वदन्ती र भनाईहरु छन्, जुन कुराको खासै प्रचारप्रसार हुन सकेको छैन। हाम्रा स्वर्गीय  कान्छा जिजु अजा (जिजु हजुरबुवाका भाई) स्वर्गवास हुनुपुर्व धेरै कुराहरु मैले सुन्न महसुस गर्न र बाध्यबाधन सिक्न  पाएँ।

    images
    images
    images

    बेला बेला छोटकरीमा सञ्जालमा सेयर पनि गरेँ।  हामी नेवारहरुको संस्कृति भन्ने बित्तिकै काठमान्डौ बासी नेवार जातिहरु सङ्गको धार्मिक र सांस्कृतिक किम्वदन्ती लाई नै आधार मानेर प्रचार गरिने बानी छ, जुन यसक्षेत्र बासी नेवारहरुको लागि दुख को कुरा हो।

    images
    images
    images

    अझै दुखको कुरा हामी यसक्षेत्रबासी नेवा सङ्गठनहरुले आफ्नो छुट्टै किम्वदन्ती र धार्मिक आस्था छ भन्ने कुरा को खोजी गर्न नसक्नु, प्रचार गर्न नसक्नु र जनतामाझ स्पस्ट पार्न नसक्नु   हो। जबसम्म जात्राको धार्मिक पक्ष टाढा राखेर राम-रमाईलो पक्षमात्रै उजागर गरिन्छ, तबसम्म हामी हाम्रो संस्कृतिलाई भावी पुस्ता सम्म हस्तान्तरण गर्दै जान सकिँदैन र यो लोभ हुने स्थितिमा पुग्नेेेछ।

    images
    images

    नेवारी जात्रा बर्षमा करिब १ महिना धुमधाम सङ्ग मनाउने गरिन्छ । जात्रा मध्यको लाखे बिशेष मानिन्छ र लाखेको उत्पतिको बिषयमा केही बर्ष पहिले संक्षिप्त व्याख्या मैले सञ्जालमा लेखेको थिए। जान्न चाहानेहरुलाई मैले पुनः जानकारि गराउने नै छु । 

    अहिले भने धार्मिक पक्ष र किम्वदन्ती, भनाईहरुको जानकारी बुँदागत रुपमा संक्षिप्त राख्दै छु, आवश्यक  परेको खण्डमा व्याख्या विश्लेषण समेत गर्ने छु।

    १. लाखे भनेको नेवारी  भाषामा ला र खेँ सब्दको संयुक्त रुप हो जस्को अर्थ नेपालीमा ला भनेको मासु र खेँ भनेको अण्डा भन्ने हुन्छ।
    २. लाखे लाई मासु ,अण्डा र समय बजि(भुटेको भटमास र चिउरा) खुवाएर पुजाआजा सहित नचाउने गरिन्छ।
    ३. लाखे नाच्दै घर आगनमा आउँदा   दियो बालेर घरका बालबालिकाको हातबाट दक्षिणा दिने प्रचलन छ। यसो गर्नुको कारण बालबालिकाहरुमा तर्सिने, सातो जाने, झिज्जिने, मनोरोगी हुने , एकोहोरो हुने, भुतले छल्ने, लुलालङ्गडा अपाङ हुने र बिस्तारामा पिसाब गर्ने जस्ता समस्याहरु आउदैन भन्ने भनाई  छ।

    ४. लाखे लाई चे लाखे भनेर जिस्काउने, नचाउने र जसरी हुन्छ थकाउने भन्ने हुन्छ। जसको निम्ति उपस्थिति बाट लाखेलाई लोभ्याउन बर्तमान समयमा रुपैया पैसा देखाउने दिने गरिन्छ। जस्ले यसो गर्दै  लाखेलाई दक्षिणा (सकेजति दिने) दिन्छ, उसको परिवारमा राक्षस जन्य  तत्वहरुले दुख नदिने, मानसिक रोग, डिप्रिसेसन, आत्महत्या , मनोरोग र रक्तसञ्चार सम्बन्धि रोग  जस्ता समस्याहरु आउदैन भन्ने भनाई छ।
    ५. जात्रा भनेपछि नेवारहरुको आत्मैदेखि रगत तातेर जोष जागर आउने हुन्छ। यदि  ढोलक, मादल , सनाई , झ्यालि बजेको सुनेपछि पनि आत्मैदेखि उर्जा जोसजागर नआउने, जात्रा मा सहभागी हुन नसक्ने र नेवारहरु आगामी  जात्रा सम्म बाच्दैनन् भन्ने भनाई छ।

    त्यस्तै अर्को धार्मिक महत्त्वको जात्रा हो गाईजात्रा...

    १.  बर्षदिनभित्र मृत्यु हुने नेवारहरुको सम्झनामा मृतकको घरपरिवार बाट गाईजात्रा को दिन बिशेष पुजाआजा सहित गाई( डोको,बासको भाटा, पटुकि,चोली, साडी लगायतका कपडा, बाबियोको डोरी, चहर,गाईफुल द्वारि निर्मित ) निकाल्ने प्रचलन छ।
    २. बिशेष ढङ्गबाट निर्मित गाई नेवारि बाजा मादल ,सनाई, झ्यालि सहित नेवारि तालमा घरघरमा नचाउने ,घर गृहणिले भोकै बसेर  पुज्ने प्रचलन छ।

    ३. यसरी गाई पुज्दा जल चडाउने टिकामाला लगाईदिने, गाईको कपडामा दक्षिणा बाधिदिने, प्रशाद बाढ्ने प्रचलन छ। 

    ४. गाईलाई पुज्ने र दक्षिणा बाधिदिने गाई सङ्गै नाच्ने मारुनी  ( महिला को भेषमा पुरुष सिगारिएको र विशेष दङ्गले सिगारिएको पुरुषको जोडी)को रुमालमा दक्षिणा दिने  गर्दा आफ्ना  पितृहरुको स्वर्गमा बास हुने, कुल पितृले घरपरिवारमा दुख नदिने, घरपरिवारमा झैझगडा नहुने, शान्ति  छाउने, पितृलाई पिण्डदान गरे भन्दा धेरै धर्म हुने र जिवित पितृको रुपमा संमान दिईन्छ भन्ने भनाई छ।

    त्यस्तै मारुनी (ठूलो नागा, सानो नागा नाच) घोडानाच, चरा नाच, भोटे जात्रा, रोपार जात्राको  पनि बिशेष महत्त्व छ।  

    बालेन श्रेष्ठ,  गुल्मी 

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    सेतोमसी सहकर्मी
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।