Logo

२०८३, कार्तिक २८गते


images
images

धनगढीमा मोटरसाइकल र स्कुटर ठोक्किँदा महिलाको मृत्यु, चार घाइते

धनगढीमा मोटरसाइकल र स्कुटर ठोक्किँदा महिलाको मृत्यु, चार घाइते

images
  • धनगढीमा मोटरसाइकल र स्कुटर ठोक्किँदा महिलाको मृत्यु, चार घाइते
    images

    धनगढी । कैलालीको धनगढी उपमहानगरपालिका–१५ स्थित ज्योति आयल स्टोर नजिक मोटरसाइकल र स्कुटर एकआपसमा ठोक्किँदा एक महिलाको मृत्यु भएको छ भने चार जना घाइते भएका छन् ।

    images
    images
    images

    विहिबार साँझ धनगढीबाट फूलबारीतर्फ जाँदै गरेको से ४ प ४५८५ नम्बरको मोटरसाइकल र विपरीत दिशाबाट आउँदै गरेको सु.प.प्र. ०२००३ प ८१५५ नम्बरको स्कुटर एकआपसमा ठोक्किएका थिए। दुर्घटनामा दुवै सवारीसाधनमा सवार पाँच जना घाइते भएका थिए ।

    images
    images
    images

    घाइतेहरूलाई उपचारका लागि निसर्ग अस्पताल लगिएकोमा स्कुटर चालक धनगढी उपमहानगरपालिका–५ तारानगरकी ३५ वर्षीया सुशीला बमलाई थप उपचारका लागि गए राति मायामेट्रो अस्पताल लगिएको थियो। उपचारकै क्रममा उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।

    images
    images

    मृतकको शव मायामेट्रो अस्पतालमै रहेको छ भने दुर्घटनामा संलग्न दुवै सवारीसाधन प्रहरीले नियन्त्रणमा लिएको छ । अन्य चार घाइतेको उपचार भइरहेको छ ।

     

     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # माेटरसाइकल दुर्घटना
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।