Logo

२०८३, आश्विन १०गते


images
images

तस्करको गोदाममा भैरहवा भन्सारको छापा, २० लाख बढिको अबैध कपडा बरामद

तस्करको गोदाममा भैरहवा भन्सारको छापा, २० लाख बढिको अबैध कपडा बरामद

images
  • सेतोमसी सहकर्मी
  • तस्करको गोदाममा भैरहवा भन्सारको छापा, २० लाख बढिको अबैध कपडा बरामद
    images
    images

    रुबिना थापा, भैरहवा । भैरहवा भन्सार कार्यालय रुपन्देहीले तस्करको घरमा छापामारी ठुलो परिणाममा कपडा र अन्य मालवस्तु बरामद गरेको छ । पछिल्लो समय आन्तरिक तथा बाह्यरुपमा तस्करी नियन्त्रण र न्यूनिकरणको अभियान शुरु गरेको भैरहवा भन्सार कार्यालयले आइतबार जिल्लाको पुर्व दक्षिण पर्ने रोहिणी गाउँपालिका वडा नम्बर ५ स्थित एक गोदाममा छापामारी २० लाख बढिको अबैध कपडा बरामद गरेको जनाएको छ ।

    images
    images
    images

    भारतवाट भन्सार छली तस्करी मार्फत ल्याएको मालवस्तु लुकाई छिपाई राखिएको गोप्य सूचनाका आधारमा छापामार्दा ठुलो परिणामा कपडा र अन्य सामान बरामद भएको भैरहवा भन्सार कार्यालयका प्रमुख प्रमुख भन्सार अधिकृत मनिराम पौडेलले बताए ।

    images
    images
    images

    सुरक्षा निकायको समन्वयमा छापामारी भन्सार कार्यालयले तस्करको गोदामबाट भारतबाट चोरि पैठारी गरि गोदाममा राखेको लेडिज सुट, सारी, जयपुरी सुट, लेडिज टप तथा टपसेट, लेडिज लुङ्गी, महिलाको डे«समा प्रयोग हुने कपडा र लेमिनेशन पेपर बरामद भएको प्रमुख भन्सार अधिकृत पौडेलले जानकारी दिए ।

    images
    images
    images

    भन्सार कार्यालयमा प्रमुख भन्सार अधिकृतको जिम्मेवारीमा मनिराम पौडेल आएपछि तस्कर र भन्सार अपराध गर्नेहरुका विरुद्धका भैरहवा भन्सार कार्यालय कठोर बनेको देखिन्छ । पौडेल प्रमुख भन्सार अधिकृत भएसंगै गत बर्ष कपिलवस्तुको चाकरचौडाबाट तस्करको गोदाममा छापामारी २ करोड मुल्य बराबरको सामान बरामद गरेको भैरहवा भन्सार कार्यालय रुपन्देहीको रेर्कडले देखाउछ ।

    भैरहवा भन्सार कार्यालयको तथ्याङ्क अनुसार कपिलवस्तुका साथै बुटवलबाट समेत पौडेलको नेतृत्वमा तस्करको घरमा छापामारी भारतबाट तस्करगरि ल्याएको १ करोड ५० लाख मुल्य बराबरको मालबस्तु बरामद गरेको छ । भन्सारभित्रबाट समेत मिलोमतोमा हुने तस्करको सेटिङलाई आफूले भत्काएको पौडेलको दावी छ । कपडा, माछा, व्याजको तस्करी भन्सारभित्रबाट गर्न खोज्नेलाई समेत पौडेलले नियन्त्रणमा ल्याई कार्वाही गरेको भैरहवा भन्सार कार्यालयको सुचना शाखाले जनाएको छ ।

    भैरहवा भन्सार कार्यालयको प्रमुख भएको १ वर्ष भित्रमा करिब ८ करोड मुल्य भन्दा बढिको तस्करी सामान बरामद गर्नुका साथै पौडेलले १७ जना तस्करलाई थुनामा राखेको भैरहवा भन्सार कार्यालयका सुचना अधिकारी नारायणदत्त जोशीले जानकारी दिए । यहि अवधिमा फरार ११ जना तस्करलाई भैरहवा भन्सार कार्यालयले पक्राउ पुर्जी जारी समेत गरेको सुचना अधिकारी जोशीले  बताए ।

    आर्थिक बर्ष २०८०÷८१ को साउन र भदौ महिनामा मात्र भैरहवा भन्सार कार्यालयले अवैधरुपमा भारतबाट नेपाल भित्रिएको ५ करोड मुल्य बराबरको सामान बरामद गरेको भैरहवा भन्सार कार्यालय रुपन्देहीले जनाएको छ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    सेतोमसी सहकर्मी
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।