बुटवल । लुम्बिनी प्रदेश सरकारको आर्थिक वर्ष २०७८/८९को बजेट माथिको छलफल सकिएपछि पारित गर्ने अन्तीम चरणमा सत्तापक्षका सांसदले नै संसद बैठकबाट बाहिरीएका छन् ।
सत्तापक्ष अर्थात् नेकपा एमालेका प्रमुख सचेतक भुमिश्वर ढकालले छलफलको बातावरण बनाउन आग्रह गरे पनि सभामुख पूर्णबहादुर घर्तीले आवश्यक नरहेको बताएपछि सत्तारुढ सांसद नै बैठकबाट बाहिरीएका छन् । सभामुख पूर्ण बहादुर घर्तिले छलफल गर्नका लागि बोल्न प्रतिपक्षलाई आग्रह गर्दा सहमति हुन नसकेकोले छलफल आवश्यक नरहेको बताउँदा सत्तापक्षका सम्पूर्ण सांसदहरुले संसद बाहिरिएका हुन् ।
यतिबेला बैठक कक्षमा सबै प्रतिपक्ष दलका सांसदहरु मात्रै रहेका छन् ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology