देवदह । देवदह नगरपालिका वडा नं ७ स्थित सगरमाथा आवासीय माध्यमिक विद्यालयमा हाजिरी जवाफ प्रतियोगिता सम्पन्न भएको छ।
शुक्रबारे कार्यक्रम अन्तर्गत विद्यालयमा क्रियाशील इन्ट्र्याक्ट क्लब अफ सगरमाथा देवदहले प्रतियोगिता आयोजना गरेको हो।
छनोट चरणबाट उत्कृष्ट ६ टिमलाई सहभागी गराइ प्रतिस्पर्धा गराइएको प्रतियोगितामा इन्ट्र्याक्ट क्लब अफ न्यु होराइजन प्रथम, इन्ट्र्याक्ट क्लब अफ दीप बोर्डिङ्ग द्वितीय र इन्ट्र्याक्ट क्लब अफ कालिका तृतीय भएका छन्।
प्रतियोगिताको उद्घाटन समारोहमा बोल्दै सगरमाथा आवासीय मा.वि.का प्राचार्य कृष्ण प्रसाद पौडेलले विद्यार्थीको सर्वाङ्गिण विकासमा अतिरिक्त क्रियाकलापले महत्वपुर्ण प्रभाव पार्ने बताए।
सो अवसरमा दिप्सन अधिकारी, सुन्दर पाण्डे, जयकिसन अधिकारी, लेखनाथ काफ्ले, कृष्ण गैरे लगायतको उपस्थिति रहेको थियो।
कार्यक्रममा विद्यालयका कार्यक्रममा सहायक प्राचार्य प्रदीप अधिकारी र अंकुर पोख्रेलज्यूले क्वीज मास्टरको भूमिका निर्वाह गरेका थिए ।
आस्था ढकालको अध्यक्षतामा सम्पन्न प्रतियोगिताको संचालन क्लबका सचिव नेत्र भुसालले गरेका थिए।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology