Logo

२०८३, श्रावण ३०गते


images
images

पोखरा महानगरको विवादित निर्णय : पातले छाँगो ४० वर्षका निजि कम्पनीलाई ठेक्का

पोखरा महानगरको विवादित निर्णय : पातले छाँगो ४० वर्षका निजि कम्पनीलाई ठेक्का

images
  • पोखरा महानगरको विवादित निर्णय : पातले छाँगो ४० वर्षका निजि कम्पनीलाई  ठेक्का
    images
    images

    पोखरा । पोखरा बिना प्रतिस्पर्धा पातले छाँगो फेरि सेती क्यानोनिङ नामक निजी कम्पनीलाई ४० वर्षका लागि दिने पोखरा महानगरपालिकाले निर्णय गरेको छ ।निवर्तमान मेयर मानबहादुर जिसीकै पालामा विवादित बनेको उक्त निणर्य मेयर धनराज आचार्यले फेरि सदर गरिदिएका हुन् ।

    images
    images
    images

    निवर्तमान मेयर मानबहादुर जिसी नेतृत्वको ४७ औं कार्यपालिका बैठक पातले छाँगोसहित, रामघाट, मोरेखहरे घाटलगायत ३५ देखि ४० वर्षसम्मका लागि भाडामा दिने निर्णय गरेको थियो ।

    images
    images
    images

    उक्त निर्णयअनुसार महानगरले पातले छाँगो भाडामा दिन सेती क्यानोनिङ नामक कम्पनीसँग २०७८ साउन १४ गते सम्झौता गरेको थियो ।सम्झौतामा महानगरका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत महेश बराल र सेती क्यानोनिङका अध्यक्ष कर्केन  गुरुङले हस्ताक्षर गरेका छन् ।

    images
    images
    images

    कार्यकालको अन्तिममाम बिना प्रतिस्पर्धा र वातावरणीय प्रभावबिनै लामो समयसम्म दिन लागेको भन्दै सरोकारवाला निकाय तथा जनस्तरबाट तीव्र विरोध भएपछि सम्झौता भएर पनि योजना अगाडि बढ्न पाएको थिएन ।

    तर, महानगरमा धनराज आचार्य नेतृत्व आएसँगै बैशाख ३ गते बसेको १७ औं कार्यपालिका बैठकले सेती क्यानोनिङलाई पातले छाँगो सुम्पिने पुरानै निर्णय सदर गरेको हो ।

    उक्त निर्णय हालैमात्र सार्वजनिक गरेको छ ।

    पोखरा महानगरका प्रवक्ता मोतिलाल तिमिल्सिनाले अघिल्लो कार्यपालिकाले गरेकै निर्णय सदर गरेको जानकारी दिए ।

    ‘अहिलेसम्म पुरानै सेती क्यानोनिङ भन्ने कम्पनीलाई दिने भन्ने नै छ । त्योबाहेक नयाँ कम्पनी ल्याउने भन्ने अहिलेसम्म कुरा भएको छैन,’ उनले भने, ‘नयाँ कम्पनी आउने कुरा भएन । तर, पहिलेको सम्झौतामा फाइनान्सियललगायत केही बुँदा संशोधन हुन सक्छ,’ प्रवक्ता तिमिल्सिनाले भने ।

    ‘योजना ठीक छ, ४० वर्षे म्याद मान्य हुँदैन’

    नागरिक अगुवा रामबहादुर पौडेल प्राकृतिक सम्पदालाई क्षति नपुग्ने गरी सीसाको पुल बनाउनु राम्रो भए पनि लामोे समयसम्मका लागि एउटै कम्पनीलाई दिन नहुने बताउँछन् ।

    उनले सम्झौतामा उल्लेख पुनविर्चार गरेरमात्रै योजना अगाडि बढाउनुपर्ने सुझाए ।‘त्यहाँ पुल बन्नुमा हाम्रो आपत्ति होइन । तर, एउटै कम्पनीलाई ४० वर्षका लागि दिनु न्यायोजित होइन, त्यो भनेको एउटा पुस्ता नै सकिने हो,’ उनले भने, ‘सम्झौतामा भएकोे म्याद पुनर्विचार हुनुपर्छ भन्ने हाम्रो माग हो । म्यादमा पुनविर्चार नगरी लागु हुनुहुँदैन ।’

    पोखरा महानगरका तत्कालीन नेपाली कांग्रेस दलका नेतासमेत रहेका वडा ९ निवर्तमान वडाध्यक्ष रामराज लामिछानेले आफूहरुलले त्यतिबेला पनि लामो समयसम्म दिन नहुने भन्दै विरोध जनाएको बताए ।

    ‘हामीले त्योबेलाको कार्यपालिका बैठकमा हस्ताक्षर पनि गरेका थिएनौं । पहिलो कुरा त हामीले ४० वर्षका लागि दिनहुन्न भनेर विरोध गरेका थिएनौं, सुन्नु भएन, पेलेरै जानुभयो,’ लामिछानेले भने, ‘आईई पनि गरिएको थिएन, पछि गर्ने भनियो । त्यसपछि हामीहरुले हस्ताक्षर गरेनौं ।’

    पातले छाँगोबाट प्रवेश शुल्क उठाइरहेको छोरेपाटन माविले विरोध गरेपछि स्कुलसँग पनि पनि महानगरले वार्षिक आम्दानी बराबरकै बजेट व्यवस्थापन गर्ने गरी सम्झौता गरेको छ ।क

    महानगरले वार्षिक २ करोड रुपैयाँ दिने सम्झौता गरेको छ ।
    पातले छाँगो बनाउन ४५ करोड रुपैयाँ लाग्ने सेती क्यानोनिङले सम्झौतापत्र मार्फत जनाएको छ ।कम्पनीले महानगरलाई पहिलो ३ वर्षमा वार्षिक २ करोड, त्यसपछिको पहिलो वर्ष ५ प्रतिशत र त्यसपछिका प्रत्येक २/२ वर्षमा ५ प्रतिशत चक्रवृद्धिले महानगरलाई रोयल्टी बुझाउने सम्झौता पत्रमा उल्लेख छ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।