Logo

२०८३, कार्तिक २८गते


images
images

मंगोलियाविरुद्ध नेपालको कीर्तिमानी जित, कुशल र दिपेन्द्रको पनि कीर्तिमान

मंगोलियाविरुद्ध नेपालको कीर्तिमानी जित, कुशल र दिपेन्द्रको पनि कीर्तिमान

images
  • मंगोलियाविरुद्ध नेपालको कीर्तिमानी जित, कुशल र दिपेन्द्रको पनि कीर्तिमान
    images

    काठमाडौं । चीनमा जारी १९औँ एसियाली खेलकुद अन्तर्गतको क्रिकेटमा नेपालले मंगोलियाविरुद्ध २७३ रनको कीर्तिमानी जित निकालेको छ । 

    images
    images
    images

    जेजियाङ प्राविधिक विश्वविद्यालयको खेल मैदानमा टस हारेर ब्याटिङमा आएको नेपालले निर्धारित २० ओभरमा तीन विकेट गुमाएर ३१४ रनको योगफल खडा गरेको थियो । 

    images
    images
    images

    अहिलेसम्म कुनै पनि राष्ट्रले ट्वान्टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा बनाएको सबैभन्दा ठूलो योगफल र फराकिलो रन अन्तरको जित हो । यसअघि चेक रिपब्लिकले टर्कीविरुद्ध सन् २०१९ मा २५७ रनको जित निकाल्दै कीर्तिमान बनाएको थियो । अहिले उक्त कीर्तिमान लाई नेपालले ब्रेक गरेको छ ।

    images
    images

    नेपालका लागि कुशल मल्लले सर्वाधिक १३७ रन बनाए । उनले ३४ बलमा १०१ रन बनाउदै विश्व कीर्तिमान कायम गरे । यसअघि साउथ अफ्रिकाका डेविड मिलरले ३५ बलमा सतक बनाएका थिए । कुशलले मात्रै ५० बलमा १३७ रन बनाए । १३७ रन बनाउने क्रममा उनले ८ चौका र १२ छक्का प्रहार गरे । यस्तै कप्तान रोहित पौडेलले २७ बलमा ६१ रन बनाए । उनले २ चौका र ६ छक्का हाने । दिपेन्द्र सिंह ऐरीले मात्रै १० बलमा ५२ रन बनाए । उनले ८ छक्का प्रहार गरे । उनी पनि थोरै बलमा अर्धसतक बनाउने पहिलो खेलाडी बन्दै इतिहास रचेका छन । उनले ९ बल मै ५० रन बनाउन सफल भए ।

    जितका लागि ३१५ रनको लक्ष्यसहित मैदान उत्रिएको मंगोलियाले १३.१ ओभरमा सबै विकेट गुमाएर ४१ रनमात्र बनाउन सक्यो । मंगोलियालाई सस्तैमा समेट्न नेपालका करण केसी, अभिनास बोहरा र सन्दीप लामिछानेले समान दुई विकेट लिए । सोमपाल कामी, दीपेन्द्रसिंह ऐरी र कुशल भुर्तेलले एक–एक विकेट लिए ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।