Logo

२०८३, आश्विन १२गते


images
images

प्रतिकुल मौसमका कारण उडान रोकिँदा एमाले गण्डकी प्रदेशको उद्घाटन समारोह रोकियो

प्रतिकुल मौसमका कारण उडान रोकिँदा एमाले गण्डकी प्रदेशको उद्घाटन समारोह रोकियो

images
  • प्रतिकुल मौसमका कारण उडान रोकिँदा एमाले गण्डकी प्रदेशको उद्घाटन समारोह रोकियो
    images
    images

    राजेश  पराजुली, पोखरा । पोखरा नेकपा एमाले गण्डकी प्रदेशको प्रथम अधिवेशनको उद्घाटन समारोह प्रतिकुल मौसमका कारण केही समय रोकिएको छ । 
    गण्डकी प्रदेशको प्रथम अधिवेशन पार्टी अध्यक्ष केपी ओलीले उद्घाटन गर्ने तय भएपनि प्रतिकुल मौसम कारण उडान प्रभावित हुँदा उद्घाटन समारोह रोकिएको हो । 

    images
    images
    images

    नेकपा एमाले गण्डकी प्रदेशका उपसचिव एवम्, प्रचार उपसमिति संयोजक रश्मि आचार्यले प्रतिकुल मौसमका कारण उडान प्रभावित हुँदा उद्घाटन समारोह रोकिएको बताए । उनले पार्टी अध्यक्ष ओली जहाजमा आउने भएकाले प्रतिकुल मौसमका कारण उडान रोकिदा उद्घाटन समारोह केही समय ढिलाई भएको बताएका छन् ।

    images
    images
    images


    नेकपा एमाले गण्डकी प्रदेश अधिवेशनको उद्घाटन समारोहमा आएका पार्टीका नेता कार्यकतालाई भुलाउन सांस्कृतिक कार्यक्रमलाई अगाडि बढाएको छ ।

    images
    images
    images

    अधिवेशनमा गण्डकीका ११ जिल्लाबाट ९ सय ७ जना प्रतिनिधि छनोट भएर पोखरा आएको छन् । यस्तै पोखरामा अधिवेशनका लागि आएका प्रतिनिधि राख्न एमालेले २१ वटा होटल बुक गरेको छ ।


    यस्तै नेकपा एमाले गण्डकीको प्रदेशको प्रथम अधिवेशनमा पोखराको हस्पीटल चोक, औद्योगिक क्षेत्र (शिव चोक), बुद्ध चोक र बसपार्कबाट ¥यालीसहित अमरसिंह चौरमा उद्घाटन सत्र सञ्चालन हुने प्रदेशका उपसचिव एवम् प्रचारप्रचार उपसमिति संयोजक आचार्यले बताए ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।