Logo

२०८३, आश्विन १२गते


images
images

एमाले गण्डकी अध्यक्षमा प्यानलसहित नवराज शर्मा निर्वाचित

एमाले गण्डकी अध्यक्षमा प्यानलसहित नवराज शर्मा निर्वाचित

images
  • एमाले गण्डकी अध्यक्षमा प्यानलसहित नवराज शर्मा निर्वाचित
    images
    images

    राजेश पराजुली, पोखरा । एमाले गण्डकीको अध्यक्षमा नवराज शर्मा निर्वाचित भएका छन् । मायानाथ अधिकारीलाई १६६ मतले पछाडि पार्दै प्रदेशको प्रथम अधिवेशनबाट उनी निर्वाचित भएका हुन् । नवराजले ५३१ मत पाउँदा मायानाथको पक्षमा ३५५ मत खस्यो ।

    images
    images
    images

    शर्मा यसअघि गठित समितिको पनि अध्यक्ष थिए । अध्यक्षमा शर्मा विजयी हुँदा उपाध्यक्षसहित सबै पदाधिकारीमा पनि उनीपक्षीय उम्मेदवार विजयी भएका छन् ।

    images
    images
    images

    उपाध्यक्षमा स्याङ्जाका मीनप्रसाद गुरुङ १९२ मतले निर्वाचित हुँदा उनका प्रतिस्पर्धी नवलपुरका बाबुराम विकले ३४२ मत प्राप्त गरे । मीनले ५३४ मत ल्याएका थिए । सचिवमा नवराजपक्षीय लमजुङका धनञ्जय दवाडी ५२० मतसहित निर्वाीचत भए । कास्कीका रश्मि आचार्यको पक्षमा ३६६ मत आयो ।

    images
    images
    images

    महिला उपसचिवमा पर्वतका मञ्जु अधिकारी ५३१ मतसहित विजयी बनिन् । उनकी प्रतिस्पर्धी कास्कीकी मीना गुरुङले ३६५ मत ल्याइन् ।

    कास्कीका दामबहादुर विक र म्याग्दीका सन्तोष रावलबीच अर्को उपसचिवमा भएको भिडन्तमा १५३ ले विकले बाजी मारे । विकले ५२० र रावलको पक्षमा ३६७ मत आयो ।

    अध्यक्ष निर्वाचित शर्मालाई एमाले उपमहासचिव पृथ्वी सुब्बा गुरुङ, सचिव पद्मा अर्याल, स्थायी समिति सदस्य किरण गुरुङ लगायतको साथ थियो भने, अध्यक्षमा पराजित भएका अधिकारीलाई एमाले महासचिव शंकर पोखरेल र स्थायी समिति सदस्य खगराज अधिकारी लगायतका नेताहरुको साथ थियो ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # एमाले गण्डकी प्रदेश
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।