राहुल देव सापकोटा, देवदह । रुपन्देहीको देवदह नगरपालिकामा रुपन्देही जिल्लास्तरीय न्यायीक समिति संजालको दोस्रो बैठक समपन्न भएको छ । रुपन्देही जिल्लामा रहेका १६ पालिकाका न्यायीक सामितिका पदाधिकारीहरुको उपस्थितिमा सो बैठक सम्पन्न भएको हो ।
बैठकमा बोल्दै रुपन्देही जिल्ला समन्वय समिती अध्यक्ष उमाकान्त चपाइले न्यायिक समिती सम्बन्धि धेरै गुनासाहरु आएका कारण आफ्नो निजि स्वार्थका लागि कसैलाइ न्याय उपलब्ध गराउने कुरामा नचुक्न आग्रह गरेका छन । उनले निस्वार्थ भावनाले आफ्नो जिम्मेवारी पूरा गर्न आग्रह गरेका छन ।
त्यसैगरी बैठकमा आफ्ना बिचार राख्दै देवदह नगरपालिकाका नगरप्रमुख ध्रुव प्रसाद खरेलले न्यायीक समितिले गरेका कामको प्रशंसा गर्दै अन्यायका विरुद्धमा खबरदारी गर्न र न्यायका लागि सदैव सत्यको बाटोमा हिड्न आग्रह गरेका छन ।
सो क्रममा बोल्दै रुपन्देही प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले न्यायीक समिती आजको आवश्यकता रहेको र न्यायीक समितीको व्यवस्थापन भए लगतै स्थानिय पालिकामा नै हल हुने समसस्याहरु लिएर जिल्ला अदालत जानुपर्ने समस्याको अन्त्य भएको बताएका छन । उनले सबै उपस्थित न्यायीक समिताका संयोजकहरुलाइ न्यायीक समितिको महत्त्व बुझ्न र समाजका घटनाहरुलाइ समान भाव बाट समाधान गर्न आग्रह गरेका छन ।
बैठकमा बोल्दै देवदह नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत कृष्ण प्रसाद सापकोटाले न्यायीक समितिले आफ्नो क्षेत्रमा भएका मुद्दा मामिलाको अभिलेखिकरण गरे लगतै डकुमेन्ट्री बनाएर राख्न सके आगामी दिनमा न्याय सम्पादनको इताहास रहने र आगामी आउने नेतृत्वलाई पनि सहज हुने बताए ।
बैठकमा विभिन्न प्रस्तावहरु माथि छलफल गरिएको थियो । सो सङ्गै विभिन्न पालिका बाट आएका प्रतिनिधिहरुले आफ्ना पालिकाका समस्या र गतिविधिहरुको रिपोर्टिङ्ग गरेका थिए ।
बैठक रुपन्देही जिल्लास्तरीय न्यायिक समिति सजालका अध्यक्ष एवम बुटवल उपमहानगर पालिकाका उप प्रमुख सावित्रा देवी अर्यालको अध्यक्षता, तिलोतमा नगरपालिकाका उपप्रमुख जागेश्वरी चौधरीको स्वागत र रुपन्देही जिल्लास्तरीय न्यायिक समिति संजालको सचीव विद्यालक्ष्मी गुरुङ्गको संचालनमा सम्पन्न भएको थियो ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology