Logo

२०८३, कार्तिक २८गते


images
images

मेची-महाकाली समाजवादी जागरण अभियान : भैरहवा र बुटवलमा जनसभा गरिने

मेची-महाकाली समाजवादी जागरण अभियान : भैरहवा र बुटवलमा जनसभा गरिने

images
  • मेची-महाकाली समाजवादी जागरण अभियान : भैरहवा र बुटवलमा जनसभा गरिने
    images

    बुटवल । ‘रोजगारी, समृद्धि र सुशासन, नेपाल कम्यूनिष्ट पार्टी (एकिकृत समाजवादी)’ भन्ने नारासहित शुरु भएको ‘मेची–महाकाली समाजवादी जागरण अभियान’ लाई रुपन्देहीमा 'भव्य' बनाउने तयारी गरिएको छ । 

    images
    images
    images

    १० वर्षमा बेराजगार उन्मूलन गर्ने अठोट सहित विभिन्न कार्यक्रम सहित मेचीमहाकाली जागरण अभियानमा निस्केको टोलीलाई नेकपा एकीकृत समाजवादी रुपन्देहीले भव्य बनाउने जनाएको छ । 

    images
    images
    images

    असोज १४ गते मेचीबाट शुरु भएको अभियानलाई असोज २० गते साँझ रुपन्देही आइपुग्ने छ । अभियानको टोलीलाई भैरहवामा भव्य स्वागत गरिने छ । २१ गते भैरहवा र बुटवलमा राखिएको छ । 

    images
    images

    नेकपा एकीकृत समाजवादी रुपन्देही जिल्ला कमिटीले शुक्रबार बुटवलमा पत्रकार सम्मेलन गरी यहि असोज २१ गते भैरहवा र बुटवलमा अन्तरक्रिया तथा जनसभा गर्ने गर्ने कार्यबाहक अध्यक्ष श्रीराम यादवले जानकारी दिए । उनका अनुसार असोज २१ गते विहान ८ बजे भैरहवास्थित सिद्धार्थ उद्योग बाणिज्य संघको सभाहलमा अन्तरक्रिया आयोजना गरिएको छ । यस्तै, सोही दिन विहान ११ बजे भैरहवास्थित मिलनचोकमा जनसभा गरिनेछ ।  

    यस्तै असोज २१ गते दिउँसो ३ बजे बुटवल ट्राफिकचौकमा जनसभाको आयोजना गरिएको अध्यक्ष यादवले बताए । 

    ‘हामीले उसैदिन दिउँसो मणिग्राम र बुटवलको मिलनचोकमा मा पनि सभा गर्दैछौं’, यादवले भने, ‘यसले पार्टीले अभि बढाइरहेको एजेण्डा, नीति, अबका कार्यक्रमबारे आम नागरिकलाई जानकारी हुनेछ ।’ उनका अनुसार २२ गते विहान ८ बजे बुटवल सिद्धार्थ कटेजमा अन्तक्रिया कार्यक्रम राखिएको छ । अन्तरक्रिया तथा सभालाई पार्टी अध्यक्ष माधवकुमार नेपाल, महासचिव  घनश्याम भुसालसहित केन्द्रीय नेतृत्वले सम्बोधन गर्नेछन्।
     
    ‘अन्तरक्रिया कार्यक्रममा मुलुक बनाउने मुद्दाका बारेमा छलफल र सुझाव संकलन गरिनेछ जनाइएको छ । यादवले ‘युवा शक्तिको पलायनको समस्या अन्त्य गरी स्वदेशमै रोजगारी, राष्ट्रिय पूँजीको विकास गरी राष्ट्रिय उद्योग स्थापनाको वातावरण, कृषि उत्पदन विक्रिको ग्यारेन्टी, साँस्कृतिक अतिक्रमणको प्रतिरोध, निःशुल्क र गुणस्तरीय शिक्षा, निःशुल्क स्वास्थ्य सेवा, राष्ट्रिय एकताको प्रवद्र्धन र शान्ति सुरक्षाको ग्यारेन्टी, विचारको पुनर्गठन र समाजवादी धारको वैचारिक पार्टी निर्माणको एजेन्डा सहित समाजवादी जागरण अभियान थालिएको बताए ।  

    उनले यस अभियानमा रुपन्देही सहित देशभरका सम्पूर्ण श्रमजीवि, मजदुर, किसान, उद्योगी व्यवसायी, बुद्धिजिवी, युवा विद्यार्थी, पेशाकर्मी, पत्रकार लगायत प्रशासन र समाजका सबैलाई सहयोगका लागि अपिल गरे । 

    उनले भने, ‘व्यवस्था फेरियो तर किन अवस्था फेरिएन ?’ भन्ने प्रश्नको जवाफ खोज्दै, हाम्रा सन्ततीहरुको मर्यादित तथा सम्मानपूर्ण जीवन बाँच्ने अवस्थाका लागि १० बर्षमा बेरोजगारी उन्मूलन गर्ने हाम्रो कार्यक्रममा सुझाव दिन समेत अनुरोध गर्दछौं ।’ उनले पत्रकारहरुलाई यी तमाम जनसरोकारका मुद्दामा बहस र छलफलको बिषय बनाउन समेत अनुरोध गरे ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # समाजवादी
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।