Logo

२०८३, आश्विन १२गते


images
images

इजरायलमा मृत्यु भएकाको परिवारलाई सुदूरपश्चिम प्रदेश सरकारले दुई लाख दिने

इजरायलमा मृत्यु भएकाको परिवारलाई सुदूरपश्चिम प्रदेश सरकारले दुई लाख दिने

images
  • इजरायलमा मृत्यु भएकाको परिवारलाई सुदूरपश्चिम प्रदेश सरकारले दुई लाख दिने
    images
    images

    काठमाडौं । इजरायलमा मृत्यु भएका सुदूरपश्चिम प्रदेशका विद्यार्थीका परिवारलाई प्रदेश सरकारले दुई लाख रुपैयाँ दिने घोषणा गरेको छ ।

    images
    images
    images

    सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले एक विज्ञप्ति जारी गर्दै इजरायलमा हमासले गरेको आक्रमणमा परी मृत्यु भएका सुदूरपश्चिम प्रदेशका विद्यार्थीको परिवारलाई प्रति विद्यार्थी राहत स्वरुप दुई लाख रुपैयाँ दिने घोषणा गरेका हुन् ।

    images
    images
    images

    ‘नेपालबाट (लर्न एन्ड अर्न) कार्यक्रम अन्तरगत इजरायलमा विद्रोही समूहको आक्रमणबाट दिवंगत हुनुभएका सुदूरपश्चिम प्रदेशका विद्यार्थीका परिवारलाई सुदूरपश्चिम प्रदेश सरकारका तर्फबाट प्रति विद्यार्थी राहत स्वरुप रू. २ लाख उपलब्ध गराइनेछ ।’ विज्ञप्तिमा भनिएको छ ।

    images
    images
    images

    साथै मुख्यमन्त्री शाहले इजरायलमा सम्पर्कविहीन, घाइते विद्यार्थीहरुको शीघ्र खोज तथा उद्धार गरी सुरक्षित स्थानमा स्थानान्तरण र नेपाल फर्कन इच्छुक नेपाली तथा निधन भएका नेपालीहरुको शव फिर्ता गराउने कार्यका लागि सरकारलाई आग्रह गरेका छन् ।

    कामसँगै अध्ययनका लागि इजरायल गएका १० नेपाली विद्यार्थीको आक्रमणमा परी मृत्यु भएको छ । जसमा सुदूरपश्चिमका मात्रै सात जना छन् ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।