Logo

२०८३, आश्विन १२गते


images
images

इजरायलमा अलपत्र नागरिक ल्याउने भूमिकामा सरकार नचुकोस् : अध्यक्ष नेपाल

इजरायलमा अलपत्र नागरिक ल्याउने भूमिकामा सरकार नचुकोस् : अध्यक्ष नेपाल

images
  • इजरायलमा अलपत्र नागरिक ल्याउने भूमिकामा सरकार नचुकोस् : अध्यक्ष नेपाल
    images
    images

    दाङ । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले इजरायलमा अलपत्र नेपाली विद्यार्थीलाई सरकारले तत्काल सुरक्षित स्थानमा सार्न पहल गर्नुपर्ने बताएका छन् ।

    images
    images
    images

    दाङको लमहीमा समाजवादी जागरण यात्रालाई सम्बोधन गर्ने क्रममा उनले घाइते तथा अलपत्र नेपालीलाई सरकारले नेपाली जहाज पठाएर ल्याउन पहल थाल्न आग्रह गरे । ‘इजरायलको घटनाले दुःखी बनाएको छ, हामी दुःखी छौँ, सरकारले छिटो त्यहाँ रहेका नेपालीलाई सुरक्षित स्थानमा सार्न पहल गरोस्,’नेपालले भने, ‘नेपाली जहाज पठाएर भए पनि आफ्नो देशका नागरिक ल्याउने भूमिकामा सरकार नचुकोस् ।’

    images
    images
    images

    उनले भने, ‘सरकारले मंगलबार राष्ट्रिय शोक मनाउने निर्णय गरेको खबर सुनेको छु । इजरायलमा घाइतेको उपचारसँगै मृतकको शवलाई चाँडै नेपाल भूमिमा ल्याउन सरकार लाग्नु पर्छ 

    images
    images
    images

    उनले समाजवादी जागरण यात्राले समाजवादको बलियो जग निर्माण गर्ने दाबी गरे । कृषि क्षेत्रबाटै मुलुकको समृद्धि हुने जिकिर गर्दै देशमै रोजगारीको अवसर सृजना गर्न सरकारले ध्यान दिनुपर्ने नेपालले बताए । ‘कुशासन हट्नुपर्छ, अनि देश अघि बढ्छ,’ उनले भने, ‘यसका लागि समाजवादको बलियो आधार चाहिन्छ । त्यही आधार बनाउन हामी हिँडेका छौँ ।’

    नेपालले समाजवादी जागरण यात्रा एक हजार दुई सय किलोमिटर पार गरेर टुंगिने बताए । असोज १४ गते पूर्वी झापाबाट सुरु भएको यात्रा असोज २९ गते सुर्खेत पुगेर टुंगिने छ । कार्यक्रममा पार्टी उपाध्यक्ष राजेन्द्र पाण्डेले सम्बोधन गर्दै समाजवादी जागरण यात्राले नयाँ ऊर्जा थपेको दाबी गरे ।

    दाङमा पार्टी अध्यक्ष तथा पूर्व प्रधानमन्त्री माधवकुमार नेपाल, पूर्व प्रधानमन्त्री तथा सम्मानित नेता झलनाथ खनाल, महासचिव घनश्याम भूसाललगायतका नेता सहभागी छन् ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।