काठमाडौँ । सूचना तथा प्रसारण विभागले लाइसेन्स लिएर आयात, बिक्री वितरण तथा प्रयोग गर्नुपर्ने वाकीटकी लगायतका रेडियो यन्त्रहरू विभिन्न वेबसाइट तथा सामाजिक सञ्जाल लगायतका माध्यमहरू मार्फत विज्ञापन गर्दै कारोबार भएकोमा गम्भीर ध्यानाकर्षण भएको बताएको छ ।
आज एक सूचना जारी गर्दै विभागले लाइसेन्स नलिई वाकीटकी लगायतका रेडियो उपकरणहरू आयात, बिक्री वितरण तथा प्रयोग गर्ने कार्य तत्काल बन्द गर्न र त्यस्ता उपकरणहरूको वेबसाइट तथा सामाजिक सञ्जाल लगायतका माध्यमहरू मार्फत विज्ञापन समेत नगर्न नगराउन सूचित गराएको छ ।
विना लाइसेन्स खरिद बिक्री तथा प्रयोग गरेको पाइएमा प्रचलित कानुन बमोजिम कारबाही गर्ने चेतावनी पनि विभागले दिएको छ ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology