Logo

२०८३, आश्विन १२गते


images
images

इजरायलबाट नेपाल फर्कन २ सय आवेदन 

इजरायलबाट नेपाल फर्कन २ सय आवेदन 

images
  • इजरायलबाट नेपाल फर्कन २ सय आवेदन 
    images
    images

    काठमाडौँ । परराष्ट्रमन्त्री नारायण प्रसाद साउदले इजरायलबाट स्वदेश फर्किनका लागि २ सय जनाले नेपाली राजदूतावासमामा आवेदन दिएको जानकारी गराएका छन् ।

    images
    images
    images

    मंगलबार प्रतिनिधि सभा अन्तरगतको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकमा इजरायलमा रहेका नेपालीहरूको बारेमा जानकारी गराउँदै उनले स्वदेश फर्कन चाहनेलाई नेपाल एयरलाइन्स र हिमालयन एयरलाइन्सलाई तयारी अवस्थामा राखेको बताए ।

    images
    images
    images

    मन्त्री साउदले इजरायलको दक्षिणी क्षेत्रमा प्यालेस्टाइनको हमास समूहबाट आक्रमण भएको जानकारी दिँदै अहिले त्यहाँ युद्धको अवस्था रहेको बताए । उनले इजरायलमा ४५ सय केयर गिभर र २६५ बिद्यार्थी रहेकोमा दक्षिणी क्षेत्रमा हमासको आक्रमणमा १० जनाको निधन भएको जानकारी गराए ।

    images
    images
    images

    ४ जनाको उपचार भइरहेको र एकजनाको अवस्था पहिचान नभएको उनको भनाइ छ । यस्तै ५५ जना विद्यार्थीलाई सुरक्षित स्थानमा सारिएको बताउँदै उनले उत्तरी क्षेत्रमा रहेका हरूलाई बंकरमा राख्ने व्यवस्था गरिएको जानकारी गराए ।

    त्यहाँ रहेका नेपालीको सुरक्षा,उद्धारका लागि इजरायल सरकारसँग समन्वय गरेको र दूतावासलाई सक्रिय बनाइएको बताए । मन्त्री साउदले परराष्ट्र मन्त्रालय र नेपाली राजदूतावासमा सम्पर्क व्यक्ति तोकेर स्वदेश फर्कन चाहनेको विवरण संकलन गरेको बताए ।

    नेपालस्थित इजरायलका राजदूतसँग छलफल गरी मृतकको शव छिटो ल्याउनका लागि सहजीकरणको लागि आग्रह गरेको पनि साउदले जानकारी गराए ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।