Logo

२०८३, आश्विन १२गते


images
images

बिहीबार ४३औं विश्व खाद्य दिवस मनाइँदै 

बिहीबार ४३औं विश्व खाद्य दिवस मनाइँदै 

images
  • बिहीबार ४३औं विश्व खाद्य दिवस मनाइँदै 
    images
    images

    काठमाडौं । आगामी बिहीबार ४३औं विश्व खाद्य दिवस मनाइने भएको छ। 

    images
    images
    images

    विश्वव्यापी रूपमा स्वच्छ, पोषणयुक्त सन्तुलित भोजनको महत्वबारे जनचेतना जगाउन, भोकमरीबाट पीडित वर्गलाई उत्थान गर्नका लागि गरिने विभिन्न कार्यहरूलाई प्रवर्द्धन गर्न तथा सबैका लागि स्वास्थ आहार सुनिश्चित गर्न उक्त दिवस मनाइने भएको हो। 

    images
    images
    images

    राष्ट्रिय र अन्तर्राष्ट्रिय गैरसरकारी संघ संस्थाहरूसँगको समन्वयमा प्रचार-प्रसार, प्रभात फेरी, विशिष्ट व्यक्तिको मन्तव्य, नारामा आधारित अन्तर्क्रिया, लेख–रचना तथा अन्य विभिन्न कार्यक्रम गरी मनाउने तयारी गरिएको कृषि विभागकी प्रवक्ता जानुका पण्डितले जानकारी दिइन् ।

    images
    images
    images


    'हामीले किसान र लेखकहरूलाई सम्मान गर्ने कार्यक्रम पनि राखेका छौं,' उनले भनिन् । 

    उनकाअनुसार प्रदेश र स्थानीयतह तथा अन्य कृषिसँग सम्बन्धित संघ संस्थाले पनि विश्व खाद्य दिवस मनाइरहेका छन् । 

    यस खाद्य दिवसको नारा 'जीवन र खाद्यको आधार हो पानी' भन्ने रहेको छ।  

    विश्वमा प्रत्येक वर्ष अक्टोबर १६ मा मनाइने विश्व खाद्य दिवस अक्टोबर महिनाभरी उपयुक्त मितिमा मनाइने प्रचलनअनुसार यस वर्ष राष्ट्रियस्तरमा आगामी बिहीबार मनाइने भएको हो।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।