Logo

२०८३, कार्तिक २८गते


images
images

साना किसान कृषि सहकारी देवदह ९ को बार्षिक साधारणसभा सम्पन्न

साना किसान कृषि सहकारी देवदह ९ को बार्षिक साधारणसभा सम्पन्न

images
  • साना किसान कृषि सहकारी देवदह ९ को बार्षिक साधारणसभा सम्पन्न
    images

    देवदह । साना किसान कृषि सहकारी संस्था देवदहले २४ औं बार्षिक साधारण सभा अन्र्तगत वडा नम्वर ९, मा सम्पन्न गरेको छ । 

    images
    images
    images

    साना किसान कृषि सहकारी संस्थाले आफनो २४ औं बार्षिक सभा वडागत रुपमा गर्दै आईरहेको छ । संस्थाका अध्यक्ष टिका न्यौपानेको अध्यक्षता र देवदह नगरपालिका–९, का वडाअध्यक्ष मोहनबहादुर जिसीको प्रमुख आतिथ्यतामा उक्त कार्यक्रम सम्पन्न भएको हो । सो अवसरमा बोल्दै वडाअध्यक्ष जिसीले सहकारीले कृषि उत्पादनलाई बिशेष जोड दिनु पर्ने बताए । उनले कृषि र पशुपालनमा देवदहलाई आत्मनिर्भर बनाउने गरी सहकारीहरुले लगानी गर्न आवश्यक रहेको बताए ।

    images
    images
    images

    वडाअध्यक्ष जिसीले उत्पादन बृद्धि गर्न सकेमात्र आत्मनिर्भर संगै आर्थिक विकास समेत गर्न सकिने बताए । उनले शेयर सदस्यहरुले थोरै-थोरै बचत गरेका रकमलाई सुरक्षित गर्ने गरी संचालकहरु लाग्नु पर्नेमा जोड  दिनुपर्ने बताए । उनले सहकारी संस्थाले आफना शेयर सदस्यहरुलाई सीप प्रदान गरी व्यवसायीक बनाउन सके आर्थिक रुपमा समेत आत्मनिर्भर हुनेमा जोड दिएका छन् ।

    images
    images


    सोही अवसरमा बार्षिक प्रतिवेदन प्रस्तुत गर्दै संस्थाका अध्यक्ष टिका न्यौपानेले संस्थाले अहिले ५१ करोड ५१ लख ९८ हजार लगानी गरेको बताइन् । उनले संस्थाले यस आर्थिक बर्षमाा ८ करोड १३ लाख ८९ हजार कमाएको बताउदै सम्पूर्ण खर्च कटाएर २ करोड ४१ लख ४६ हजार खुद नाफा गर्न सफल भएको बताइन् । उनले संस्थाले कृषि, पशुपालनलाई विशेष महत्व दिएर लगानी गरिरहेको जानकारी दिइन् । उनले व्यवसायीक रुपमा पशुपालन व्यवसाय गरीरहेकालाई अनुदानको समेत व्यवस्था गरिएको जानकारी दिइन् । कार्यक्रममा देवदह नगरपालिका–९, का वडा सदस्यद्धय डोलराज न्यौपाने, कृष्णमाया थापा, जनप्रिय सामुदायिक वन उपभोक्ता समुहका अध्यक्ष रुका सापकोटा लगायतले आ–आफना भनाई राखेका थिए । कार्यक्रममा संस्थाका जेष्ठ शेयर सदस्यहरुलाई नगद सहित सम्मान गरिएको थियो ।

    संस्थाका उपाध्यक्ष ख्यामनारायण ढकालको स्वागत र व्यवस्थापक सरला सुवेदीको संचालनमा कार्यक्रम सम्पन्न भएको थियो ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।