Logo

२०८३, कार्तिक २८गते


images
images

मनी लाउन्डरिङ विधेयकको प्रतिवेदन प्रतिनिधि सभामा पेश

मनी लाउन्डरिङ विधेयकको प्रतिवेदन प्रतिनिधि सभामा पेश

images
  • मनी लाउन्डरिङ विधेयकको प्रतिवेदन प्रतिनिधि सभामा पेश
    images

    काठमाडौं।सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ) निवारण तथा व्यावसायिक वातावरण प्रवद्र्धन सम्बन्धी केही ऐनलाई संशोधन गर्न बनेको विधेयकको प्रतिवेदन प्रतिनिधि सभामा पेश भएको छ ।

    images
    images
    images

    प्रतिनिधि सभाको कानून, न्याय तथा मानव अधिकार समितिकी सभापति विमला सुवेदीले विधेयकको प्रतिवेदन सभामा पेश गरेकी हुन् ।

    images
    images
    images

    २७ माघ २०७९ मा दर्ता भएको यो विधेयक दफावार छलफलमा लागि कानून, न्याय तथा मानव अधिकार समितिमा पुगेको थियो । समितिले दफावार छलफल गरेर केही संशोधनसहित विधेयकको प्रतिवेदन सभामा पठाएको हो ।

    images
    images

    समिति सभापति सुवेदीका अनुसार यो विधेयकले कानूनको रुप लिएपछि नेपालको व्यावसायिक वातावरण प्रवद्र्धन हुने विश्वास व्यक्त गरिन् । सभामा विधेयकको प्रतिवेदन पेश गर्दै सभापति सुवेदीले भनेकी छन्, ‘यसले नेपालको सम्पत्ति शुद्धीकरण अन्तर्राष्ट्रिय मापदण्ड अनुसारको हुनेछ र पुँजी पलायन रोक्न ठूलो मद्धत पुग्नेछ ।’

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।