Logo

२०८३, आश्विन १२गते


images
images

लाइसेन्सका लागि आवेदन खुल्दै , रोकिएको परीक्षाहरु पनि हुने !

लाइसेन्सका लागि आवेदन खुल्दै , रोकिएको परीक्षाहरु पनि हुने !

images
  • लाइसेन्सका लागि आवेदन खुल्दै , रोकिएको परीक्षाहरु पनि हुने !
    images
    images

    काठमाडौं। कोरोनाभाइरस महामारी रोकथाम तथा नियन्त्रणका लागि प्रतिबन्धात्मक व्यवस्थाहरू लागु गर्दा बन्द भएको सवारीचालक अनुमति पत्र (लाइसेन्स) का लागि आवेदन तथा परीक्षा "दुई साताभित्र खुला गर्ने" गृहकार्य थालिएको अधिकारीहरूले बताएका छन्।

    images
    images
    images

    सरकारले काठमाडौं उपत्यकासहित विभिन्न सहरमा गत वैशाख १६ गतेबाट जारी गरेको निषेधाज्ञा निरन्तर खुकुलो पार्दै लगेको अवस्थामा लाइसेन्सको आवेदन र परीक्षा थाल्ने तयारी गरिएको यातायात व्यवस्था विभागका महानिर्देशकले जानकारी दिएका छन्।

    images
    images
    images

    विभागले यसका लागि काठमाडौं उपत्यकाका यातायात कार्यालय प्रमुखहरूसँग छलफल गरेको तथा उनीहरूलाई प्रदेशका सम्बन्धित निकायसँग परामर्श गरेर जानकारी गराउन अनुरोध गरेको बताइएको छ।

    images
    images
    images

    अहिले यातायात कार्यालयहरू प्रदेश सरकारमातहत रहने र छुट्टाछुट्टै कार्यालयले सूचना जारी गर्नुभन्दा एकीकृत सूचना सार्वजनिक गर्न उपयुक्त हुने आफूहरूको धारणा रहेकाले त्यसैअनुरूप कुराकानी भएको यातायात व्यवस्था विभागका महानिर्देशक नमराज घिमिरेले जानकारी दिए।

    कसको परीक्षा कहिले हुन्छ?

    वैशाख १६ गते ट्रायल परीक्षा वा लिखित परीक्षाका लागि मिति उपलब्ध गराइसकिएको र अब परीक्षा हुने दिनका लागि समय पाएकाहरूलाई (साउन ९ बाट खुल्यो भने त्यसै दिनका लागि मिति पाएको) एकैपटक परीक्षा गराएर निषेधाज्ञाका कारण रोकिएका आवेदकहरूका साथै नियमित प्रक्रिया नमिचिनेगरी परीक्षा अघि बढाउने गरी छलफल गरिएको बताइएको छ।

    अहिले देशैभरि ४,५०,००० जनाभन्दा बढी सर्वसाधारणले लाइसेन्सका लागि आवेदन दिएको बताइएको छ। "आवेदन अनलाइन दिने भएकाले नरोकेको भए पनि हुन्थ्यो तर त्यो बढ्दै गएर निकै ठूलो सङ्ख्या हुने भएकाले मानिसलाई मनोवैज्ञानिक त्रास नबनोस् भनेर रोकिएको हो," उनले भने।

    गत वैशाख १५ गतेसम्म सर्वासाधारणहरूले लाइसेन्स प्राप्तिका लागि आवेदन दिएका थिए।

    कसरी हुन्छ परीक्षा?

    लाइसेन्स लिनका लागि हुने परीक्षा प्रणालीलाई केही खुकुलो बनाउने तयारी विभागले यसअघि नै थालिसकेको छ। सवारीचालक अनुमतिपत्र परीक्षा सञ्चालन कार्यविधि निर्देशिकामा लिखित परीक्षाका लागि ५०० वटा प्रश्न सार्वजनिक गरिने र त्यसभित्रबाट मात्रै सोधिने अनि प्रयोगात्मक परीक्षामा ७० प्रतिशत अङ्क ल्याए उत्तीर्ण हुने बताइएको छ।

    त्यसका लागि केही यातायात कार्यालयले दुई 'शिफ्ट'मा काम गर्न सक्ने जानकारी दिएको घिमिरेले बताए। सरकारले गत जेठ १ गतेदेखि नै नयाँ निर्देशिकामा आधारित रहेर परीक्षा सञ्चालन गर्ने तयारी गरेको थियो।

    नयाँ प्रावधानमा के छ?

    यसअघिको निर्देशिकामा लिखित परीक्षाका लागि प्रश्नको कुनै सङ्ख्या तोकिएको थिएन भने उत्तीर्ण अङ्क ५० राखिएको थियो। त्यस्तै प्रयोगात्मक परीक्षामा सबै सूचकमा उत्तीर्ण भएर १०० अङ्क नै ल्याउनु पर्ने बाध्यात्मक व्यवस्था थियो।

    नयाँ प्रणालीअनुसार सार्वजनिक गरिएका ५०० प्रश्नमध्ये २० वटा सोध्ने र ८० प्रतिशतसम्म मिलाउने आवेदक लिखित परीक्षामा पास हुने बताइएको छ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # लाइसेन्स
  • # परीक्षा
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।