देवदह । रुपन्देहीको देवदह ७ मा रहेको देवदह ईङलिस बोर्डिङ हाई स्कूलले कक्षागत अभिभावक भेला तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ।
विद्यार्थीको सिकाइ प्रक्रियामा घरको वातावरण अनुकुल हुनुपर्ने भएकाले र विद्यालयको वार्षिक शैक्षिक नीति तय गर्दा अभिभावकहरुको समेत सुझावलाई समावेश गर्ने उद्देश्यले अन्तकृया कार्यक्रको आयोजना गरिएको विद्यालयले जनाएको छ।

कार्यक्रममा विद्यालयका संस्थापक प्राचार्य विष्णु प्रसाद पौडेलले शैक्षिक गुणस्तर अभिवृद्धि गर्न र विद्यार्थीको चौतर्फी विकास गर्न शिक्षक, अभिभावक, विद्यार्थी एवं विद्यालय प्रशासनले खेल्नुपर्ने महत्वपूर्ण भूमिकाको बारेमा बताएका थिए ।
बालबालिकालाई कस्तो बनाउने भन्ने कुरा अभिभावक र शिक्षकको हातमा रहेको हुनाले विद्यार्थीलाई परिवर्तन गर्न पहिला अभिभावक र शिक्षकमा परिवर्तन आउनुपर्नेमा कुराला जोड दिए ।
विद्यालयले कक्षा प्ले ग्रुप (मन्टेश्वरी) देखि युकेजी सम्म असोज २५ गते र कक्षा १ देखि ३ सम्मको असोज २६ गते आज अभिभावक भेला तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको विद्यालयको प्रवन्ध निर्देशक सुजता लामिछानेले जानकारी दिइन ।
उक्त कार्यक्रममा अभिभावकको भूमिका, बालबालिकको संस्कार तथा व्यवहार र उनीहरुको मनोविज्ञान बारे जानकारी गराउदै कार्यक्रममा कुसल अभिभावक र बिद्यार्थी भनेको के हो ? बिद्यार्थीहरुलाई कसरी बालमैत्रिपुर्ण बातावरण दिन सकिन्छ ? असल अभिभावक र बालबच्चामा हुनु पर्ने गुणका बारेमा छलफल गरिएको थियो।
कार्यक्रम विद्यालयका संस्थापक प्राचार्य विष्णु प्रसाद पौडेलको अध्यक्षता र विद्यालयका सह प्राचार्य विष्णु प्रसाद अर्यालको सञ्चालनमा सम्पन्न भएको थियो।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology