Logo

२०८३, आश्विन ९गते


images
images

देवदह ईङलिस बोर्डिङमा हाजिरी जवाफ र कक्षागत हिज्जे प्रतियोगिता सम्पन्न

देवदह ईङलिस बोर्डिङमा हाजिरी जवाफ र कक्षागत हिज्जे प्रतियोगिता सम्पन्न

images
  • देवदह ईङलिस बोर्डिङमा हाजिरी जवाफ र कक्षागत हिज्जे प्रतियोगिता सम्पन्न
    images
    images

    देवदह । देवदह नगरपालिका वडा नं.  ७ मा रहेको देवदह ईङलिस बोर्डिङ हाई स्कूलमा साप्ताहिक रुपमा सञ्चालन गरिने अतिरिक्त क्रियाकलाप  अन्तर्गत जुनियर रेडक्रस सर्कलको आयोजनामा तहगत हाजिरी जवाफ प्रतियोगिता  र  कक्षागत हिज्जे प्रतियोगिता  सम्पन्न भएको छ ।

    तहगत हाजिरी जवाफ प्रतियोगितामा जुनियरतर्फ कक्षा ६ लिलिमा अध्ययनरत विद्यार्थी उज्जवल थापा, प्रत्युषा बोहरा, प्रज्वल देवकोटा प्रथम, कक्षा ४ लिलिमा अध्ययनरत विद्यार्थी सृष्टि काफ्ले, सृजन हमाल, प्रिन्स तिवारी द्वितीय  र कक्षा  ५ लिलिबाट अर्चन कुवर, ओसिन बुढाथोकी, निकेश तिमिल्सिना तृतीय  स्थान हासिल गर्न सफल भएका थिए ।

    images
    images
    images

    त्यसैगरि तहगत हाजिरी जवाफ प्रतियोगितामा सिनियर तर्फ कक्षा ८ लिलिमा अध्ययनरत विद्यार्थी प्रशान्त देवकोटा, जीवन वस्याल, सन्ध्या भण्डारी प्रथम, कक्षा ७ रोज मा अध्ययनरत विद्यार्थी प्रिन्स थापा मगर, आस्ना क्षेत्री, प्रज्वल बोहरा द्वितीय  र कक्षा  ९ रोजबाट शेखर पाण्डे, कीर्तन धर्ती मगर, खुसी सापकोटा तृतीय  स्थान हासिल गर्न सफल भएका थिए ।

    images
    images
    images

    साथै कक्षा १ देखि ३ सम्म सञ्चालन भएको हिज्जे प्रतियोगितामा कक्षा १, २ र ३ बाट क्रमश लभसन गुरुङ, प्रियन सापकोटा, वैभव थापा प्रथम, नविना काफ्ले साइमन थापा र आदित्या गौतम, शशिका खनाल द्धितीय र सर्जक चापागाई, गौमती कामु, खुसी काफ्लेले तृतीय स्थान हासिल गर्न सफल भएका थिए । 

    images
    images
    images


    कार्यक्रमको अध्यक्षता जु.रे.स सर्कलका सनम हमालको अध्यक्षता तथा  विद्यालयका आन्तरिक व्यवस्थापन प्रमुख सुजाता लामिछानेको प्रमुख आतिथ्यता, विद्यालयका सह प्राचार्य मन वहादुर क्षेत्रीको विशिष्ट आतिथ्यता रहेकोे उक्त कार्यक्रम जु.रे.स सर्कलका विद्यार्थी द्वेय दिवस पौडेल र रिहान महत्तोको कार्यक्रम सञ्चालन र शिक्षक विशाल प्रधानको सहजीकरणमा कार्यक्रम सम्पन्न भएकोे थियो । 

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।