काठमाडौं । नेपाली काँग्रेसका नेता डा. शशांक कोईरालाले महिलाहरुको सम्मान गरेमात्रै नेपाली काँग्रेसको भलो हुने बताएका छन ।
शनिवार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन। उनले महिलालाई धेरै भन्दा धेरै अवसर दिनुपर्ने आवश्यकता रहेको बताए । उनले प्रतिशतको कुरा गरेर महिलाको अपमान गर्नु नहुने बताए । उहाँले आफ्नो सम्मान महिलाप्रति बढी भएको बताए ।
नेता कोईरालाले सत्ता महिलाको हातमा पुगे देश परिवर्तन गरिदिने दाबी गर्नुभयो ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology